अर्घाखाँची । मदिराकाे नशामा भान्जाकाे हत्या गर्ने मामालाई प्रहरीले प्रकाउ गरि बुधवार सार्वजनिक गरेकाे छ । सहाेदर भान्जालाइ ढुङ्गाले हानि हत्या गर्ने मामालाई प्रहरीले प्रकाउ गरि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेकाे हाे ।
मगलवार विहान अर्घाखाँची जिल्ला शितगगा नगरपालिका वडा नं. ०६ सानाढुंग्रे स्थित भिरपाखोमा बस्ने वर्ष ३५ को तिलक रेश्मी मृत अवस्थामा नजिकै भिरपाखाेमा फेला परेपछि प्रहरीले अनुसन्धान थालेकाे थियाे ।
अनुसन्धानकाे क्रममा अर्घाखाँची शितगंगा नगरपालिका वडा नं.०६ बस्ने वर्ष ५३ को आफनै मामा झन्द्र बहादुर गाहा घटनामा संलग्न प्रारम्भिक अनुसन्धानबाट खुलेपछि प्रहरी प्रकाउ गरि ५ दिनकाे लागि अदालतबाट म्याद थप गरेकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँची प्रमुख चक्रबहादुर मल्लले जानकारी दिनुभयाे ।
२६ गते राति मामा भान्जाले सगै बसेर मादक पदार्थ सेवन गर्दा गाहाले रेश्मीलाई गाली गलौज गरेकाे अनुसन्धानबाट खुलेकाे सुचना अधिकारी विष्णुप्रसाद पाैडेलले बताउनुभयाे । रेश्मीले पछि गई मलाई किन गाली गलौज गरेको भनि गाहाको घरमा साेध्दा ढुङ्गाले टाउकाेमा हानेपछि घटना घटेको प्रहरीकाे भनाइ रहेकाे छ ।
मगलवार रेश्मी बिहान सम्म घरमा नआए पछि श्रीमतीले खोजतलास गर्न जाँदा शितगंगा नगरपालिका वडानं. ०६ स्थित मनोज बहादुर गाहाको खर्यान भिरपाखोमा शरीरको विभिन्न भागमा चोटपटक लागेको मृत अवस्थामा फेला पार्नुभएकाे थियाे ।
मदिराकाे नशामा भान्जाकाे हत्या गर्ने मामा प्रकाउ
प्रतिक्रिया दिनुहोस्
Advertisement
ads-all











