२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

नेपाल घरेलु तथा साना उद्योग महासंघ अर्घाखाँचीमा नयाँ नेतृत्व

सन्धिर्खक । नेपाल घरेलु तथा साना उद्योग महासंघ अर्घाखाँचीकाे साताैं साधारण सभा तथा जिल्ला सम्मेलन शुक्रबार सन्धिखर्कमा सम्पन्न भएको छ ।

प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख जीव नारायण काेइरालाले उद्घघाटन समाराेहमा मन्तव्य ब्यक्त गर्दै महासंघ काे गरिमा र महत्वलाई बुझाउन सकियाे भने घरेलु उद्यमिहरू लाई टेवा पुग्ने बताउनु भयाे । उहाँले यस संस्थाकाे श्रीबृधीमा नेपाल सरकार घरेलु कार्यालय , स्थानीय तह लगायतले महत्त्वपूर्ण भुमिका खेलि अभिभावकत्व निभाउनु पर्ने बताउनु भयाे ।


कार्यक्रममा शुभकामना मन्तब्य राख्दै घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका उद्योग अधिकृत दुर्गा न्याैपानेले संस्थाकाे विकासकाे निम्ति कार्यालयले साथ सहयाेग प्रदान गर्ने बताउनु भयाे । यसै गरि कार्यक्रममा नेपाल पत्रकार महासंघ का काेषाध्यक्ष रूद्रमणि भुसाल ,उद्योग बाणिज्य संघका सचिव सन्ताेष बस्नेत ,चेम्बर अफ कमर्शका प्रबक्ता हरि प्रसाद भुसाल ,अर्घाखाँची व्यापार संघका बरिष्ट उपाध्यक्ष लक्ष्मीनारायण चुँदाली र बरिष्ट पत्रकार सहयाेगी बि.सि. ले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।
हिम जि. सि . लेकाली काे अध्यक्षता मा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष याेगेन्द्र खड्का र सन्चालन महासचिव रामहरि भुसालले गर्नु भएको थियाे ।
अधिबेशनकाे बन्द शत्रले सर्बसम्मत रूपमा मुल समिति र महिला उद्यमी समितिकाे गठन गरेकाे छ ।
मुल समितिकाे अध्यक्षमा रामहरि भुसाल , नि . बर्तमान अध्यक्ष (पदेन ) हिम जि सि लेकाली बरिस्ठ उपाध्यक्ष रूद्र सुनाम ,उपाध्यक्ष रमा खत्री ,महिला अध्यक्ष (पदेन ) अबिना अाचार्य , महा सचिव ,बिष्णु परियार ,काेषाध्यक्ष ,बसन्ता सारू ,सदस्यमा क्रमश जित बहादुर वि क ,भिम बहादुर विक ,सदस्य माया अाले ,मिनाकला उपाध्याय ,अाशा के. सि . रामचन्द्र रायमाझी ,अमर बि. क ,रहनु भएको छ ।


त्यसै गरि महिला समितिकाे अबिना अाचार्य ,नि.ब. अध्यक्ष मन्जु केसि ,वरिष्ठ उपाध्यक्ष ममता अधिकारी ,उपाध्यक्ष हिमकला जि . सि. महासचिव सनम टण्डन ,काेषाध्यक्ष सरस्वती क्षेत्री ,सदस्यहरूमा क्रमश भगवती जि . एम . लक्ष्मि श्रेष्ठ ,सीता दमासे ,बसन्ता के. सि , अनिता खनाल ,नमिता चुँदाली ,पुष्पा अधिकारी रहनु भएकाे छ।
अधिबेशनमा प्रतिवेदन प्रस्तुत ,अागामी बर्षकाे कार्यक्रमकाे बारे छलफल र अनुमाेदन प्रदेश समितिकाे प्रतिनिधिकाे चयन समेत गरियकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार