अर्घाखाँची । पाणिनि गाउँपालिकाकाे आयाेजनामा आज देखि घ वर्गका निर्माण व्यवसायीका लागि सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धि २ दिने कार्यशाला गाेष्ठी गाउँपालिकाकाे सभाहलमा सूरू भएकाे छ ।
कार्यशालाले निर्माण व्यवसायीलाई कानुनि प्रक्रियामा भएका अस्पष्टतालाई बुझ्न सहजिकरण हुने अपेक्षा लिएकाे गाउँपालिका अध्यक्ष टेकराज न्याैपानेले जानकारी दिनुभयाे ।
गाउँपालिका उपाध्यक्ष नर्मला पाैडेलले कार्यक्रमकाे आवश्यक महशुस भएर कार्याशाला आयाेजना गरिएकाे बताउनुभयाे ।
प्रमुख प्रशासकीय अधिकृत राेमनाथ न्याैपानेले निर्माण सम्बन्धि एैन,कार्यविधि,कानुनबारे निर्माण व्यवसायीलाई अपटेड गर्ने गरि कार्यक्रम आयाेजना गरिएकाे बताउनुभयाे ।
२ दिन सम्म चल्ने कार्यशालाकाे गाउँपालिका ईन्जिनियर सुविन पाैडेलले सहजिकरण गरिरहनुभएकाे छ ।