२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

एमाले अर्घाखाँची गाउँपालिका,नगरपालिकाे अधिवेशन पछि,वडामा केन्द्रित २७ वडामा नयाँ नेतृत्व

अर्घाखाँची । नेकपा एमाले अर्घाखाँची वडा अधिवेशनको तयारीमा जुटेको छ । जिल्ला र पालिका कमिटीका अधिवेशन सम्पन्न गरेको एमालेले केन्द्र,प्रदेश र जिल्लाका नेताहरुको सहभागितामा वडा कमिटीका अधिवेशन गरिरहेको छ ।

एमालेले विहिबार सम्म जिल्लाका २७ वडामा अधिवेशन सम्पन्न गरिसकेको छ भने बाँकी वडामा पनि अधिवेशनको मिति तोकेको छ । वडा अधिवेशन मंसिर-२२ सम्म सम्पन्न गरीसक्ने एमालेको तयारी छ । सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको एमालेले हालसम्म अधिवेशन सम्पन्न गरेका वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । एमालेले जिल्लाका ६१ वडा मध्येशीतगंगामा-१३,भूमिकास्थानमा-५,सन्धिखर्कमा-३,पाणिनिमा-३, मालारानीमा-२ र छत्रदेवको एउटा वडामा अधिवेशन सम्पन्न गरेको हो ।
यसैबीच नेकपा एमाले छत्रदेव गाउँ पालिकाको वडा नं.-१ मा नयाँ नेतृत्व चयन गर्दै वडा अधिवेसन सम्पन्न गरेको छ ।
अधिेवेसनको उद्घाटन गर्दै नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसालले विकास र समृद्धिको यात्रा पुरा गर्ने सामर्थ्य नेकपा एमाले सँग मात्र रहेको बताउनु भयो । राष्ट्रिय स्वाधिनताको रक्षा र राजनीतिक परिवर्तनको निम्ति नेकपा एमालेले खेलेको भूमिका अतुलनीय रहेको भन्दै उहाँले नेकपा एमाले सुशासन र सामाजिक न्याय सहितको विकासको पक्षमा दृढता पुर्वक उभिएको वताउनु भयो । उहाँले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले छोंटो समयमा पनि उल्लेख्यकाम गरेको भन्दै अर्थतन्त्रलाई चलायमान बनाएको,राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेर विकास निर्माणको कामलाई तिब्रता दिएको,भ्रष्टाचार नियन्त्रणको निम्ति निर्ममता पूर्वक लागिपरेको वताउनु भयो । मुलुकमा सरकार ढाल्ने र बनाउने होडबाजीका कारण राजनीतिक स्थिरता कायम हुन नसक्दा बिकासको काम प्रभावित हुनुका साथै जनतामा अविश्वास र निराशा पैदा भएको भन्दै अध्यक्ष भुसालले राजनीतिक स्थिरता ,सुशासन र विकासको निम्ति मुलुकका शीर्ष प्रमुख राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसले सरकार बनाएको बताउनु भयो । उहाँले वर्तमान सरकारले पुरै अवधि काम गर्ने भन्दै दुई दलबीचको सम्बन्धलाई कुनै तागतले टुटाउन नसक्ने दाबी समेत गर्नु भयो ।
भुसालले गाउँगाउँमा व्यापक रुपमा बिकास निर्माणका काम भैरहेको भन्दै छिटो,छरितो र पारदर्शी कामको निम्ति चनाखो बन्न कार्यकर्तालाई आग्रह गर्नु भयो । बजेट अनुसारको काम नभएमा आफ्नो अर्को नभनी खबरदारी गर्नुपर्नेमा उहाँको जोड थियो ।
उहाँले अर्को चुनावमा एकल बहुमत ल्याउनेगरी काममा लाग्न कार्यकर्तालाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य मनि शर्मा पन्थी,जिल्ला उपाध्यक्ष शम्भुप्रसाद पोख्रेल,छत्रदेव गाउँपालिका कमिटीका अध्यक्ष रामजी पाण्डे,एमाले नेता प्रकाश ज्ञवाली,फिरोज खाँन,प्रकाश पौडेल लगायतले मन्तव्य राख्दै उच्च मनोवलका साथ पार्टी काममा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
अधिवेशनले नरबहादुर आलेको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटीको चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार