१२ चैत्र २०८१, मङ्लबार
१२ चैत्र २०८१, मङ्लबार

लुम्बिनी प्रदेशमा सत्तारुढ दलहरुले गठन गर्यो ‘राजनितिक संयन्त्र’

अर्घाखाँची । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले लुम्बिनीमा प्रदेश स्तरिय ‘राजनितिक संयन्त्र’ गठन गरेको छ ।

सरकारलाई प्रभावकारी ढंगले अँगाडी बढाउन तथा स्थानीय स्तरमा रहेका विवाद मिलाउन मुख्य दुई दलले केन्द्रदेखीनै संयन्त्र निर्माणको काम थालेको छ । शनिवार नेकपा एमालेका लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालको अध्यक्षतामा बुटवलमा बसेको सत्तारुढ दलको बैठकले प्रदेश स्तरिय राजनितिक संयन्त्रलाई पुर्णता दिएको छ ।

नेकपा एमालेबाट लुम्बिनी प्रदेश इन्चार्ज अर्याल संयोजक, मुख्यमन्त्री चेतनारायण आचार्य र प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल सदस्य रहेका छन्। नेपाली कांग्रेसबाट प्रदेश सभापती अमर सिंह पुन संयोजक, संसदिय दलका नेता डिल्ली चौधरी र कांग्रेसका प्रदेश सह-महामन्त्री बिष्णु प्रसाद खनाल मुस्कान सदस्य रहेको संयन्त्र निर्माण गरिएको हो ।

राजनितिक संयन्त्रले यही मंसिर मसान्त भित्र प्रदेशका १२ वटै जिल्लामा ‘जिल्ला स्तरिय राजनितिक संयन्त्र’ निर्माण गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका काम कारवाही प्रभावकारी रुपमा अँघीं बढाउन संयन्त्रले सघाउने निर्णय गरेको छ । यस्तै स्थानीय स्तरमा दुई दलबिच देखिएका विवादलाई समाधानको बाटोमा लैजाने पनि आजको बैठकले निर्णय गरेको संयन्त्रका सदस्य बिष्णु प्रसाद खनाल मुस्कानले जानकारी दिए ।

संयन्त्रको अर्को बैठक पौष २० गते अमर सिंह पुनको अध्यक्षतामा बस्ने छ । दुई दलले आलोपालो बैठकको अध्यक्षता गर्ने सहमती भएको छ । पुष २० गतेको बैठकमा जिल्ला स्तरिय संयन्त्रका संयोजकहरुलाई समेत सहभागी गराएर छलफल गरिने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • हाँस्यास्पद (50%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार