२४ कार्तिक २०८२, सोमबार
२४ कार्तिक २०८२, सोमबार

देशले नेकपा एमालेकाे बहुमतकाे सरकार खाेजीरहे छ : घिमिरे

अर्घाखाँची । नेकपा एमाले सन्धिखर्क- ६ नं. वडा कमिटीको दोस्रो वडा अधिवेशन नयाँ नेतृत्व चयन गर्दै नरपानीमा आइतवार सम्पन्न भएको छ ।


अधिवेशनकाे बन्द शत्रले नन्दलाल बिश्वकर्माको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटीको सर्वसम्मत चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा बाेम बहादुर अधिकारी , सचिबमा मनिराम आचार्य र उपसचिबमा सारदा भाट क्षेत्री र मुकुन्द भट्टराईलाई निर्वाचित गरेको छ ।

यसैगरी सदस्यमा क्रमश गुन्ज बहादुर खत्री , प्रितम अधिकारी ,तुल बहादुर दर्लामी ,बिन्दु दर्लामी ,चाेपकला रायमाझी ,गिता पाण्डे ,नेत्र बहादुर खड्का ,नन्द बहादुर बिश्वकर्मा ,मेघ व . पाण्डे ,सिता रायमाझी ,गिता बिश्वकर्मा ,रूपा थापा ,शारदा खड्का ,डुक बहादुर सुर्यवंसि ,चिन्त बहादुर सुर्यबंसि ,बेल कुमारि रेश्मि ,प्रकाश खड्का ,तिल पहराई ,तुलसा फुन्जाली ,कैलि झाक्रि ,बिष्णु नेपाल ,बसन्ता ज्ञवाली ,रिता बि.क. ,प्रकाश खड्का र केशव मुखिया रहनु भएको छ ।
अधिवेसनको उद्घाटन गर्दै नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेश सांसद रामजी प्रसाद घिमिरेले ०८४ काे निर्वाचनमा देशले एमालेकाे बहुमतकाे सरकार खाेजेकाे बताउनु भएको छ । उहाँले नेकपा एमाले बराबरकाे पार्टी देशमा अरू काेहि नभएकाे ,जनतामा नेकपा एमाले प्रतिको आस्था र विश्वास प्रगाढ भएको भन्दै आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने बताउनु भयाे ।
उहाँले साना दलकाे कारण राजनीतिक स्थिरता नहुने भन्दै मुलुकले चाहेकाे स्थिर सरकार बनाउन समृद्ध नेपाल र सुखी नेपालीको नारालाई साकार पार्न एमालेले एक्लै बहुमतकाे सरकार बनाउनु पर्ने बताउनु भयो ।
घिमिरेले नरपानीलाई जहिले पनि विकासकाे प्राथमिकतामा राखेकाे बताउँदै नरपानीकाे पर्यटन संगै अरू बिषयकाे बिकासमा पटक पटक प्रदेश सरकारबाट राम्रै बजेट बिनियाेजन भएकाे बताउनु भयाे । उहाँले भन्नु भयाे तपाईहरू पार्टी लाई बलियाे बनाउनुहाेस् विकास निर्माणकाे काम हामी गर्छाै ।

नेकपा एमाले सन्धिखर्क-६ नं. वडा कमिटीका का.बा. अध्यक्ष बाेम बहादुर अधिकारीकाे अध्यक्षता ,प्रितम के.सि .को स्वागत मन्तव्य र उप सचिव मनिराम आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा एमाले जिल्ला सचिव ताेज बहादुर रायमाझी ( विधान ) , जिल्ला कमिटी सदस्य पाणिनि संयाेजक कमल प्रसाद घिमिरे ,सन्धिखर्क नगर पार्टी अध्यक्ष कुसल भुसाल ,जिल्ला कमिटी सदस्य नारायण बस्याल ,जिल्ला कमिटी सदस्य ६ नं. वडा ईन्चार्ज भरत न्याैपाने ,जिल्ला कमिटी सदस्य तथा ६ नं. वडा अध्यक्ष जनप्रतिनिधि श्रीधर महाेत्रा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

अधिवेशनमा नेकपा एमाले नेता पदम क्षेत्री , बिष्णु ढुङ्गाना ,भाेलानाथ पाण्डे , पूर्व पार्टी जिल्ला कमिटी सदस्य रिता के.सि. ,जेष्ठ कम्युनिस्ट मन्च जिल्ला सदस्य हरिबहादुर अधिकारी , लगायत नगर सदस्यहरूकाे समेत आतिथ्य रहेकाे थियाे ।

निर्वाचित समितिलाई प्रमुख अतिथि घिमिरेले पद तथा गोपनीयताको सपथ दिलाउनु भएको थियो भने टीका र माला सचिब रायमाझीले प्रदान गर्नु भएको थियाे ।
अधिवेशनमा नेकपा ( एकीकृत समाजवादि) पार्टी परित्याग गरि नेकपा एमाले मा प्रवेश गर्ने ज्ञान बहादुर बि.क . गिता बि.क . रिता बि.क. लक्ष्मि बि.क . शुष्मा बि.क. लाई स्वागत गर्दै माला र अबिर प्रदान गरेर सम्मान प्रकट गरिएकाे थियाे ।…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • हाँस्यास्पद (100%)
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार