अर्घाखाँची । नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य रामजि प्रसाद घिमिरेले जिल्लामा छरिरहेका बस्ति मिलाउनु पर्ने बताउनुभयाे
नेकपा एमाले पाणिनी गाउँपालिका वाड नम्वर ५ काे दाेस्राे वडा अधिवेशनकाे उढ्घाटन गर्दै प्रदेश सभा २ बाट निर्वाचित सांसद घिमिरेले ३३ वडामा रहेकाे आफनाे क्षेत्र भाैगलिक हिसाबले पनि ठगिएकाे बताउँदै विकासमा तिव्र गति दिन नसकिएकाे बताउनुभयाे ।
नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्वर भुसालले जिल्लामा जित हासिल गरेका क्षेत्र सरक्षण गर्दै थप वाड,पालिका जित्ने गरि अगाडि बढिरहेकाे बताउनुभयाे । ०८४ काे निर्वाचनमा एमालले एकल बहुमत ल्याउने अध्यक्ष भुसालकाे भनाइ रहेकाे छ ।
नेकपा एमाले प्रदेश कमिटी सदस्य कुटमिन अलिले पार्टी र जनता विचकाे सम्बन्ध प्रगाढ बनाएर लैज्ञानु पर्ने बताउनुभयाे ।
नेकपा एमाले पुर्व प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति सभापति जिवनारायण काेइरालाले मेैदान वाड नेता हाे सधै नेताकाे रूपमा रहिरहने जिकिर गर्नुभयाे । जिल्लामा नमुना वाडकाे रूपमा मैदान वाडले प्रतिनिधित्व गरिरहने काेइरालाकाे दावी छ ।
जिल्ला सल्लाहकार परिषद सदस्य टेकराज न्याैपाने,जिल्ला कार्यलय सचिव लिलबहादुर विक,प्रेश चाैतारि केन्द्रीय निर्वाचन आयाेग अध्यक्ष गणेश खनाल,जिल्ला कमिटी सदस्य गाेविन्द्र बहादुर क्षेत्रि,जेष्ठ कम्युनिस्ट सदस्य रामप्रसाद घिमिरे,पुर्व प्रदेश कमिटी सदस्य प्रेमनारायण गैरे,जिल्ला कमिटी सदस्य लक्ष्मी गाैतम,पाणिनि गाउँपालिका अध्यक्ष गुनाखर अधिकारी,सन्धिखर्क नगर कमिटी पुर्व अध्यक्ष श्रिकृष्ण भुसाल लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।
वडा कमिटी अध्यक्ष इन्द्रमणि घिमिरे अध्यक्षता,सचिव खगेस्वर घिमिरेकाे सञ्चालन र उपाध्यक्ष थानेश्वर घिमिरेकाे स्वागत मन्तव्यमा उढ्घाटन कार्यक्रम सम्पन्न भएकाे हाे ।