अर्घाखाँची । नेपाल रेडक्रस साेसाइटी,अर्घाखाँचीकाे आयाेजनामा सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल कार्यक्रम अन्तगर्त सराेकारवालाहरूसँग बैठक कार्यक्रम सम्पन्न भएकाे छ ।
जिल्ला समन्वय प्रमुख जिवनारायण काेइरालाले नेपाल रेडक्रस साेसाइटी अर्घाखाँचीले ईच कार्यक्रमलाई जिल्ला भर लागू गर्न आग्रह गर्नुभयाे ।
मालारानी गाउँपालिका प्रमुख दलबहादुर भट्टराईले रेडक्रस साेसाइटी र मालारानी गाउँपालिका विच भएकाे सम्झाैता अनुसार हाल सम्म भए गरेका कार्यक्रम बारे स्पष्ट पार्नुभएकाे थियाे ।
बैठकमा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले मनाेपरामर्श कार्यक्रम मार्फत आत्महत्या न्युनिकरण सम्बन्धि कार्यक्रम सबै स्थानीय तहमा सूरूवात गर्नुपर्ने बताउनुभयाे ।
कार्यक्रम संयाेजक राजेस पाण्डेले कार्यक्रमबारे प्रकाश पार्नुभएकाे थियाे ।
जिल्ला सभापति कुशल भुसालकाे अध्यक्षता,महामन्त्री तुल्सि पाेैडेलकाे सञ्चालन तथा उपसभापति चन्द्रप्रसाद बजान्डेकाे स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा स्थानीय तहका प्रमुख तथा प्रतिनिधि,प्रमुख प्रशासकीय अधिकृत लगायतको सराेकारवालाहरूकाे उपस्थिति रहेकाे थियाे ।