२ माघ २०८२, शुक्रबार
२ माघ २०८२, शुक्रबार

सन्धिखर्कमा आइपिएम कृषक पाठशाला,कृषि मन्त्री पन्थीद्वारा उढ्घाटन

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा आइपिएम कृषक पाठशाला आज देखि शुभारम्भ भएको छ ।


सन्धिखर्क १ र २ को बृती तथा सुक्मी फाटमा सञ्चालन भएको कृषक पाठशालाको आज एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका कृषि मन्त्री दिनेश पन्थीले समुद्धाटन गर्नुभयो ।


सन्धिखर्क स्मार्ट आइपिएम कृषक पाठशालाको आयोजना तथा बाली संरक्षण प्रयोगशाला खजुरा बाके र कृषि ज्ञान केन्द्र अर्घाखाँचीको प्राविधिक सहयोगमा शुरु भएको पाठशालाले कृषकहरुलाइ व्यवसायिक बन्न सहयोग पुग्ने छ ।


कृषकहरुलाइ राम्रो संग सिकेर व्यवसायिक उत्पादनमा लाग्न आग्रह गर्दै मन्त्री पन्थीले व्यवसाियक कृषकहरुलाइ सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । उनले उत्पादन बिना आर्थिक समृद्धि सम्भव नभएकाले उत्पादनमा जोडीन र कृषि मार्फत आर्थिक स्वरोजगार बनी आयआर्जन गर्न सबै कृषकलाई आग्रह गरेका छन् ।


कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद रामजी प्रसाद घिमिरे, जिल्ला समन्वय प्रमुख जीवनारायण कोइराला, कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरे, बाली संरक्षण प्रयोगशाला खजुरा बाकेका सकिल अहमद, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष गणेश खनाल लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रम सन्धिखर्क स्मार्ट आइपिएम कृषक पाठशालाका अध्यक्ष प्रेमनारायण भुसालको अध्यक्षता, बरिष्ठ वागवानी विकास अधिकृत शिवलाल घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार