२८ पुस २०८१, आइतवार
२८ पुस २०८१, आइतवार

अर्घाखाँचीकाे छत्रदेवमा प्रहरीको नागरिक सुनुवाइ

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा सम्पन्न भएको छ ।


छत्रदेव गाउँपालिका वडा नम्वर ३ को राम मन्दिरको सभाहलमा सञ्चालन गरिएको नागरिक सुनुवाई कार्यक्रममा छत्रदेव गाउँपालिका वडा नमवर १,२,३ र ४ अर्थात साविक चिदीका,बल्कोट र केरुंगा गाविसका जनप्रतिनिधि, स्थानीय बासिन्दा, शिक्षक, विद्यार्थी तथा सर्बसाधारणहरुको उपस्थिति रहेको थियो ।


प्रहरीले प्रदान गर्ने सेवा प्रवाह र शान्ती सुरक्षाको बारेमा स्थानीय सर्बसाधारणको भावना बुझ्न नागरिक सुनुवाई कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लले बताउनुभयो ।


जनताको सेवामा समर्पित प्रहरीको बारेमा सर्बसाधारणको बुझाइ र सेवा प्रवाहमा सर्बसाधारणको बुझाइ बुझ्न र केही सुधारका बारेमा सहयोग पुग्ने विश्वासका साथ प्रहरीले नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्ने गरेको अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी मल्लको भनाई छ ।


आफ्नो पालिकामा प्रहरीले गरेको सेवा प्रवाह उत्कृष्ट रहेको भन्दै छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले प्रहरीको प्रशंसा गर्नु भएको थियो ।


प्रहरीको सेवा प्रवाह र शान्ती सुरक्षाका विभिन्न मुद्यामा प्रहरीले गरेको काममा चित्त नबुझे जानकारी गराउन सर्बसाधरणलाइ अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभयो । उहाँले गाउँमा भएका झैझगडा, जुवातास, लगायतका विषयमा प्रहरीलाइ सुचना दिन सर्बसाधरणलाई आग्रह गर्नुभयो ।

सिमिति स्रोत रसाधनका बाबजुत पनि दैबी प्रकोप, आगोलागी, दुर्घटना, झैझगडा लगायत शान्ती सुरक्षाका विविध विषयमा उत्कृष्ट कार्य गरेको छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो । उहाँले सेवा प्रवाहमा केही सुधार गर्न र केही गुनासा राख्ने अवसर प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको उपस्थितिमा पाउनु छत्रदेववासीका लागि उदाहरणीय भएको बताउनु भएको छ ।


कार्यक्रममा वडा अध्यक्ष तेजप्रसाद खनाल, नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश खनाल, नेपाली कांग्रेसका नारायण भट्टराई, नेकपा एमालेका धु्रबकुमार पाण्डे, नेकपा माओवादीका ताराप्रसाद पाण्डे लगायतले मन्तव्य राखेका थिए ।


कार्यक्रम जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लको अध्यक्षता, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेको स्वागत मन्तव्य र प्रहरी सहायक निरिक्षक राजेन्द्र थारुको सञ्चालनमा सम्पन्न भएको हो ।


प्रहरीले अर्घाखाँचीको शितगंगा नगरपालिका, मालारानी गाउँपालिका लगायतका स्थानमा पनि नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको प्रहरी नायव उपरिक्षक डिएसपी मल्लको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार