अर्घाखाँची । प्रदेश सभासद रामजी प्रसाद घिमिरेले राम्राे गर्ने कृषक र समुहलाई आफनाे तर्फबाट सधै सहयाेग रहने बताउनुभयाे ।
कृषि ज्ञान केन्द्र अर्घाखाँचीले स्मार्ट कृषि गाउँ हस्तान्तरण तथा फलाेअप कार्यक्रम बाेल्दै सभासद घिमिरेले राम्राे काम गर्ने कृषकलाई प्राथमिक दिदै आएकाे आगामी दिनमा यसलाइ निरन्तरता दिने प्रतिवद्वता जाहेर गर्नुभयाे ।
कृषि ज्ञान केन्द्रका प्रमुख बुद्विराज घिमिरेकाे अध्यक्षता,स्मार्ट कार्यक्रम सचिव माया पन्थीकाे सञ्चालन र प्रेम भुसाल स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
कार्यक्रममा जिल्ला समन्वय समिति सभापति जिवनारायण काेइराला,प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल,नेपाल पत्रकार महासघ अध्यक्ष गणेश खनालले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।