अर्घाखाँची । जिल्ला समन्वय समिति अर्घाखाँचीका सभापति जिवनारायण काेइरालाले काेरानापछि जिल्लाकाे व्यापार,व्यवसाय संकटमा रहेकाे बताउनुभयाे ।
घरेलु तथा साना उधाेग कार्यालय,अर्घाखाँचीकाे आयाेजनामा भएकाे उधमीहरूलाइ व्यावसायिक याेजना तयारी र ऋण प्राप्ति प्रक्रिया सम्बन्धि सहजिकरण कार्यक्रममा बाेल्दै काेइरालाले ऋण प्रवाहमा बैकहरू आधारभूत तहलाइ समेट्ने गरि जान नसकेकाे बताउनुभयाे ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल,सन्धिर्खक नगरपालिका शाखा अधिकृत मन्जु खनाल,वाडनम्वर १ कार्यवाहक अध्यक्ष सुन्तली श्रेष्ठ,नेपाल पत्रकार महासघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।
घरेलु कार्यालय अर्घाखाँची प्रमुख दुर्गा न्याैपानेकाे अध्यक्षता,हुम बहादुर विककाे सञ्चालन र अरूण कुमार सिंहकाे स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा नविल बैकका म्यानेजर डाेलराज न्याैपाने,कृषि विकास बैकका कर्जा अधिकृत विष्णुप्रसाद घिमिरे ,कार्यलय प्रमुख न्याैपानेले कार्यक्रमकाे सहजिकरण गर्नुभएको थियाे ।