अर्घाखाँची । राष्ट्रिय जनमाेर्चा अर्घाखाँचीले संघीयता बिरूद्व अर्घाखाँचीमा आन्दोलन गर्ने आज पत्रकार सम्मेलन गरि जानकारी गराएको छ
राष्ट्रिय जनमाेर्चाका केन्द्रीय महासचिव मनाेज भट्टले आन्दोलन चैत २४ गते चैत ३० सम्म सञ्चालन हुने बताए राष्ट्रिय जनमोर्चाले प्रादेशिक संरचनाका कारण विकास खर्च कटौती गरेर प्रदेशका मन्त्री, सांसद पाल्नुपरेको, जनताले अनावश्यक करको बोझ बोक्नुपरेको, वैदेशिक ऋण बढेको, राष्ट्रियता तथा अखण्डतामाथि खतरा बढेको, राष्ट्रिय एकतामा खलल पुगेको तथा केन्द्रको विकृत राजनीति देशका सात ठाउँमा विकेन्द्रित भएको निष्कर्षसहित संघीयता खारेज गर्नुपर्नेमा जोड दिदै जनमाेर्चाले संघीयताको विकल्पमा प्रजातान्त्रिक विकेन्द्रियतासहितको एकात्मक राज्य हुनुपर्ने धारणा अघि सारेको बताउदै देशमा अहिले पनि प्रतिगमनकाे खतरा बढेको बताउदै राजमोले स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभमायाे ।
उहाँले भ्रष्टाचार कुसंस्कार लगायतका दिनप्रतिदिन घटना बढेकोले ९ बर्षमा ९वटा समिकरण ११ वटा सरकार हुनु देशकाे लागि दुभाग्य भएकोले देशमा स्थिर सरकार अहिले आबरयकता भएकोमा जाेड दिदै अहिले पनि देश विदेशी शत्ति केन्द्रले नेपालमा गिदे नजर लागेको बताउनुभयाे ।
कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका अध्यक्ष थम्मन केसीले पनि केन्द्रकाे निर्देशन अनुसार अर्घाखाँचीमा आन्दोलन लाई थप मजबुत बनाउन जिल्लामा विभिन्न समिति निर्माण गरिएको छ जसमा भुमिकास्थानमा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य झविलाल थापाकाे नेतृत्वमा सघर्ष समिति राष्ट्रिय जनमाेर्चाका जिल्ला अध्यक्ष थम्मन केसीको नेतृत्वमा सन्धिखर्क नगरपालिकामा सघर्ष समिति निर्माण गरिएको छ भने राष्ट्रिय जनमाेर्चाका उपाध्यक्ष गाेपाल पाैडेलकाे नेतृत्वमा पाणिनि गाउँपालिकामा सघर्ष समिति चयन गरिएको छ ।
यस्तै जाेख बहादुर सारूकाे सयाेजकत्वमा सितगगा नगरपालिकामा भिमलाल आचार्यकाे नेतृत्वमा मालारानि गाउँपालिकामा गगाराम खनालको नेतृत्वमा छत्रदेब गाउँपालिकामा सघर्ष समिति चयन गरिएको छ राष्ट्रिय जनमाेर्चाले जिल्लाका विभिन्न स्थानमा माघ ९ गतेदेखि माघ २४ गतेसम्म जिल्लाका विभिन्न स्थानमा सभा गर्नेका लागि केन्द्रका प्रदेश र जिल्लाका नेताहरूलाई खटाउने जनमाेर्चाले जनाएको छ ।