नेपाल निजामती कर्मचारी संगठन मालारानी गाउँपालिका, अर्घाखाँचीकाे दाेस्राे पालिका अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पदम आचार्यकाे अध्यक्षतामा ११ सदस्य पालिका समिति गठन गरेकाे छ ।
जसकाे उपाध्यक्षमा माधव खनाल, सचिव राजु खनाल, काेषाध्यक्ष सुना पाेख्रेल, सदस्यहरू दिलिप आचार्य, ध्रुवराज खनाल, प्रकाश थापा, बिमला पाेख्रेल, पार्वती बिश्वकर्मा, खिमप्रसाद सुवेदी र सुनिता के.सी. रहनुभएकाे छ ।
साथै नेत्र प्रसाद खनालकाे संयाेजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन भएको छ । जसकाे सदस्यहरूमा भबिश्वर खनाल, जयलाल पन्थी, दिपक पाैडेल, पुतला खनाल, तेजलाल पन्थी र तिर्सना पाैडेल रहनुभएकाे छ ।