६ फाल्गुन २०८२, बुधबार
६ फाल्गुन २०८२, बुधबार

मासु पसलकाे अनुगमन,प्रतिबन्धित माछा बरामद

अर्घाखाँची । आज सन्धिखर्क नगरपालिकाले मासु पसलहरू अनुगमन गरेको छ। अनुगमनका क्रममा फोहोर र अव्यवस्थित मासु पसलहरूलाई सचेत गराइएको छ भने प्रतिबन्धित मागुर माछा बरामद गरी नष्ट गरिएको छ।

सन्धिखर्क नगरपालिकाबाट गएको अनुगमन टोलीले प्रतिबन्धित माछा खुलमखुला रूपमा बेचिरहेको अवस्थामा बरामद गरी नष्ट गरेको हो। सन्धिखर्क नगरपालिका वडा नं. १ मा रहेको आयन मासु पसलले बिक्रीका लागि राखेको मागुर माछा र सार्जु फ्रेस हाउसले कुहिएको माछा बिक्री गरिरहेको अवस्थामा बरामद गरिएको अनुगमन टोलीका संयोजक मुत्तिराम खनालले जानकारी दिनुभएको छ।

मागुर माछा फोहोरमा बाँच्ने भएकाले यो मानव स्वास्थ्यका लागि हानिकारक हुनुका साथै जैविक विविधतामा गम्भीर असर पुर्‍याउने नगरपालिकाका पशु चिकित्सक डा. नवीन पन्थीले बताउनुभएको छ। यसले स्थानीय जातका माछा र अन्य जलचरलाई नष्ट गर्ने जोखिम रहेको र अवैधानिक रूपमा सन्धिखर्कमा भित्र्याइएको मागुर माछा पटकपटक सचेत गराउँदा पनि अटेर गरिएकाले नगरस्तरीय निर्णयअनुसार बरामद माछा नष्ट गरिएको हो।

त्यसैगरी, अनुगमनका क्रममा फोहोर तथा अस्वस्थकर रूपमा मासु बिक्री गरिरहेका पसलहरूलाई पनि सचेत गराइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार