२ माघ २०८२, शुक्रबार
२ माघ २०८२, शुक्रबार

पाणिनी तपोभूमिमा सम्मेलन चैत्र २७ र २८ गते हुने

अर्घाखाँची । पाणिनी गाउँपालिका अर्घाखाचीको  पाणिनि तपोभूमिमा  २०८१ चैत्र २७ र २८ गते २ दिन सम्म संचालन  पाणिनी महोत्सव हुने भएकाे छ ।


लुम्विनी प्रदेशको पर्यटन  विकास परिषदको  सभाहल बुटबलमा पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, पर्यटन विकास परिषदका कार्यकारी निर्देशक रामु  जोशी,प्रशासकीय अधिकृत,सिता पोख्रेल अर्याल, अधिकृत शंकर पौडेल,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने सहितकाे उपस्थितिमा भएकाे बैठकमा  महाेत्सव सफल बनाउनकाे लागि विभिन्न याेजना बनाइएको जनाएको छ ।
बैठकमापणेना,पोखराथोक,खिदिम,पटौटी,मैदान,धातिवाङ्ग,अडगुरी र पाली रूपन्देही सम्पर्क समाजका अध्यक्षहरू ,पूर्व अध्यक्षहरू,उपाध्यक्ष,सचिव लगायतकाे उपस्थितिमा सरोकारवाला संगको छलफल तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको  छ ।
लुम्विनी प्रदेशको पर्यटन  विकास परिषद र  पाणिनी गाउँपालिकाको संयुक्त आयोजनामा संचालन हुने सम्मेलन सफल पार्न  ८ बटै सम्पर्क समाजबाट राय प्रकट भएकाे थियाे । नेपाल सरकारले  घोषणा  गरेका पर्यटन स्थलहरु मध्ये पाणिनी तपोभूमि १०० स्थान भित्र पर्दछ ।

सम्मेलनमा पाणिनी तपोभूमिको परिचय, ऐतिहाँसिक पृष्ठभूमि,वर्तमान र भविष्य,पाणिनी सुत्र, र पाणिनीका कृतिहरु,पूर्विय दर्शनका आर्थिक, सामाजिक, राजनैतिक र नैतिक आयामहरु,पाणिनी तपोभुमिको दिर्घकालिन गुरुयोजना  विषयमा विज्ञहरूबाट प्रतिबेदन प्रस्तुतिकरण हुने हुदा सम्लेलन पछि पाणिनी तपोभूमिको महत्व र गरिमामा अझ  बृद्धि भई  पर्यटन विकासमा ठुलो टेवा पुग्ने गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले वताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार