अर्घाखाँची ।सुपा देउराली मन्दिर नवनिर्मित मन्दिर प्राङण उढ्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य रामजि प्रसाद घिमिरेले साेच भएमा विकास गर्न सकिने बताउनुभयाे । असम्भव जस्ताे रहेकाे प्राङण विस्तार कार्य सहज ढङ्गले सम्पन्न भएकाे बताउँदै प्रसिद्व मन्दिरमा भएकाे प्राङण निर्माण कार्यले,व्यवस्थापनमा थप सहयाेग भएकाे बताउनुभयाे ।
अर्घाखाँचीलाई चिनाउने प्रसिद्ध मन्दिर सुपा मन्दिरलाइ थप व्यवस्थित गर्न जिल्लाकाे विकासमा काेषेढुङगा हुने घिमिरेकाे भनाइ छ । सुपा मन्दिरलाइ हिल स्टेशनकाेरूपमा विकास गर्ने गरि काम भइरहेकाे बताउनुभयाे ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ मन्दिर अगाडिकाे सडक व्यवस्थित गर्न बाँकी रहेकाे बताउँदै यसलाइ छिट्टै समाधान गर्न पहल गर्ने बताउनुभयाे ।
नगर प्रमुख श्रेष्ठले मन्दिरमा भत्तजन चाप बढ्दै गएकाले ट्राफिक व्यवस्थापन प्रमुख समस्या रहेकाे बताउनुभयाे ।
शितगगा नगरपालिका छविलाल पाैडेल स्थानीय सरकारले मन्दिर व्यवस्थापनमा सहयाेग गर्ने बताउनुभयाे ।
कार्यक्रममा सनपा ७ का वडा अध्यक्ष चुरा केेसि,सिनपा २ का अध्यक्ष रामबहादुर गाेर्खा ,नेपाल पत्रकार महाँसघ अध्यक्ष गणेश खनाल लगायले मन्तव्य राख्नुभएकाे थियाे ।
मन्दिर व्यवस्थापन समिति अध्यक्ष फर्सबहादुर खत्रिकाे अध्यक्षता सचिव हरि खनालकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे हाे ।
१ कराेड भन्दा बढिकाे लगानीमा निर्माण कार्य सम्पन्न भएकाे हाे ।प्राङण निर्माण सगै मन्दिरमा दर्शन गर्न अाउने भत्तजनलाइ ठुलाे सहज भएकाे छ ।