९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार

गर्भवती र सुत्केरीकाे स्वास्थ्यमा सन्धिखर्क नगरपालिकाकाे चासाे

सुनाैला हजार दिनका आमाहरूका लागि पाेषण वितरण गरिएकाे छ ।
जिल्लाकाे सन्धिखर्क नगरपालिका वाडनम्वर ७ मा रहेका गर्भवती र सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गरिएका हाे ।


आमा र बच्चाकाे लागि निकै महत्त्वपूर्ण मानिने दिनमा खाने पाेषणले बृद्वि विकासमा याे अभियानले ठुलाे सहयाेग पुग्नेछ । जनताका आधारभुत सवालमा नगरपालिका सचेत रहेकाे प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले बताउनुभयाे । गर्भवती तथा सुत्केरी महिला तथा घर परिवारका महिलाहरुको ध्यान पुगोस भनेर पोषण तथा सामाग्री वितरण गरिएको  प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनुभयाे ।


वडाभित्र रहेका गर्भवती सुत्केरी महिलाहरुका लागि अण्डा, चना, साग,नुन  लगायतका पोषण सामाग्री वितरण गरिएको वडा अध्यक्ष चुरा ब केसीले  बताउनुभयाे ।
हजार दिनका महिलाहरुलाई अन्य समय भन्दा बढी मात्रामा पोषिलो खाना खानुपर्ने नगरपालिकाका खाँचीकोट स्वास्थ्य  चौकि प्रमुख प्रेमचन्द्र विकले जानकारी दिनुभयाे  ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष गणेश खनाल, वडा सचिव सिता बिसि पराजुली, वडा सदस्य मिना ज्ञवाली, पुष्पा नेपाली, डुकलाल पोखरेलले मन्तब्य राख्नुभएकाे थियाे । कार्यक्रममा महिला स्वयमसेविका  समाजसेवी लगायतको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार