अर्घाखाँची। कुकुरकाे आतंक राेक्न सन्धिखर्क नगरपालिका कुकुरहरूकाे बन्ध्याकरण शिविर सञ्चालन गरेकाे छ ।
रातिकाे समयमा बजारमा हिड्दा कुकुरकाे आतंक कारण हिडडुल गर्न सक्ने अवस्था नभएपछि राेकथाम लागि शिविर संञ्चालन गरेकाे हाे ।
सन्धिखर्क नगरपालिकाले नगर भित्र रहेका छाडा तथा घरपालुवा कुकुरको स्थायी बन्ध्याकरण तथा रेबिज भ्याक्सिनेशन शिविर सञ्चालन गरिएकाे नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयाे ।
बिहान,बेलुकाको समयमा मानिस आवतजावत गर्दा कुकुरले टोक्ने गर्दा समस्या भएकाले कुकुरकाे संख्या कमि ल्याउन नगरपालिकाल काम गरेकाे प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनुभयाे ।
घरपालुवा तथा छाडा कुकुर भाले तथा पोथी गरी झण्डै एक सय बढी कुकुरको स्थायी बन्ध्याकरण र चार सय बढी कुकुरलाइ रेबिज भ्याक्सिन दिन चार दिने शिविरको आयोजना गरिएको हो।
बजार तथा ग्रामीण क्षेत्रमा भएका कुकुरहरूले मानिस तथा अन्य घरपालुवा जनावर पशुपछीहरूमा आक्रमण गर्ने ,झम्टिने ,तथा अराजक स्वभाव देखाउने गर्दा जनमानसमा त्रास सिर्जना भएको र रेबिज समेत सर्न सक्ने भएकाले कुकुरहरूको स्थायी बन्ध्याकरण शिविर सुरु गरिएको नगर प्रमुख श्रेष्ठको भनाइ छ।
सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोग , वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा सिद्धार्थ नगर रुपन्देहीको प्राविधिक सहयोगमा भाले तथा पोथी दुवै कुकुरको स्थायी बन्ध्याकरण शिविर सुरु गरिएको हो। घरपालुवा तथा भुस्याहा कुकुरहरूमा स्थायी बन्ध्याकरण तथा रेबिज भ्याक्सिनेसनले रेबिज रोग तथा अन्य पशुबाट सर्ने रोगको अन्त्य गर्न पनि सहयोग पुग्ने पायनल्स एनिमल हस्पिटलका पशु चिकित्सक डाक्टर डाक्टर सन्दीप भट्टराईले बताउनुभयाे ।
विगत ३ वर्षमा पनि शिविर सञ्चालन गरिँदै आएको छ। शिविरमा कुकुरलाई समाउने ,बेहोस पार्ने गरेर बन्ध्याकरण गर्ने र पछि खाना खुवाउने रेखदेख र औषधि उपचार समेत गरिने सन्धिखर्क नगरपालिका १ का वडाध्यक्ष माधव श्रेष्ठले बताए।
सन्धिखर्क नगरपालिका भित्रका मुख्य सडक तथा शाखा सडकहरूमा छाडा कुकुरहरूको आतंक बढेको तथा कुकुरले पशु चौपायालाई हमला गर्ने घटना धेरै भएकाले बन्ध्याकरण शिविर सञ्चालन पछि यस्ता समस्याको समाधान हुने नगरपालिकाका पशु शाखा प्रमुख नारायण खनालले जानकारी दिएका छन् । कार्यक्रममा पत्रकार महासघ अध्यक्ष गणेश खनालले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।