लामाे समय माग हुँदै आएकाे दक्षिणखाँचिकाे शितगगा नगरपालिकाकाे वाड नम्वर १२ डाेहाेटेमा प्रहरी चाैकी स्थापना भएसगै स्थानीयमा खुसि छाएकाे छ ।
डोहोटेमा अस्थायी प्रहरी पोस्ट स्थापना सगै वडा नम्बर ११, १२ र १३ का जनताले प्रत्यक्ष लाभान्वित हुनेछन् ।
शितगगा नगर प्रमुख छविलाल पाैडेलले प्रहरी पोस्ट स्थापनासँगै गाउँमा हुने झैझगडा, सवारी दुर्घटना, हिंसा, चोरीलगायतका अपराध नियन्त्रण हुने बताउनुभयाे ।
दक्षिण खाँचीमा इलाका प्रशासन कार्यलय स्थापनाका लागि आवश्यक पहल सबै क्षेत्रबाट हुनुपर्ने नगर उपप्रमुख गीता भाटले बताउनु भयो ।
स्थानीयको माग अनुसार जिल्ला सुरक्षा समितिले प्रहरी पोस्ट स्थापना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी गराउनुभयो।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष गणेश खनाल,१२ नम्वरका वाड अध्यक्ष लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।
प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले शान्ति सुरक्षा मजबुत बनाउन प्रहरी युनिटकाे महत्त्वपूर्ण भुमिका हुने बताउनुभयाे । कार्यक्रम इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक रविन्द्र चन्दको सञ्चालनमा सम्पन्न भएको थियो।