२४ कार्तिक २०८२, सोमबार
२४ कार्तिक २०८२, सोमबार

सन्धिखर्कमा लुम्बिनी मुख्यमन्त्री कप पुरूष भलिवल प्रतियोगिता सुरू

लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सन्धिखर्कमा सुरु भएको छ । सन्धिखर्कस्थित टुँडिखेलमा  लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले उद्घाटन गर्नुभएकाे हाे ।

प्रतियोगितामा ११ जिल्लाका खेलाडी भाग लिएका छन्। भलिबल खेलमा प्रथम हुनेलाई १ लाख नगद ट्रफी र मेडल, त्यस्तै द्वितीय पुरस्कार ६५ हजार, तृतीय पुरस्कार ३५ हजार, सान्त्वना पुरस्कार १५ हजार दिइने प्रदेश खेलकुद परिषद् लुम्बिनीले जनाएको छ । चैत ८ गते प्रतियोगिताको समापन गरिने छ ।
सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र उत्कृष्ट ६ विधामा जनही ५ हजार रुपैयाँ दिइनेछ। प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तिरणदाज गौतमको अध्यक्षता,वसन्त श्रेष्ठकाे सञ्चालन,लालबहादुर घमकाे स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण काेइराला,प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल,खेदकुद विकास समितिका पुर्व अध्यक्ष विष्णु क्षेत्रि,नेपाल पत्रकार महासघका अध्यक्ष गणेश खनाल लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

चैत ८ गते प्रतियोगिताको समापन गरिने छ । आज भएकाे खेलमा नवलपरासी,राेल्पा,पाल्पा अर्घाखाँचीले विजयी सुरूवात गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार