७ बैशाख २०८२, आइतवार
७ बैशाख २०८२, आइतवार

डाेलेश्वर सहकारीद्वारा शैक्षिक साम्रागी वितरण

६८ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा अर्घाखाँचीकाे डोलेश्वर बहूद्देश्यीय सहकारी संस्था लि अर्घाखाँचीले युवाबर्ष जनता रविचित्र माध्यमिक बिद्यालय सन्धिखर्क १ हटारीनेटामा अध्ययनरत दृष्टिबिहीन (फरक क्षमता भएका) छात्रछात्राहरुलाइ शैक्षिक साम्रगी वितरण गरेकाे छ ।

संस्थाले आज एक कार्यक्रमकाे आयाेजना गरि बाकस,तन्ना,मुढा,चटाइ लगायतका आबश्यक सामाग्रीहरु हस्तान्तरण गरेको हाे ।

हस्तान्तरण कार्यक्रममा विधालयका प्रधानाध्यापक टेकराज आचार्य,विधालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष  प्रेम नारायण खनाल विधालयका शिक्षक शाेभाखर बाग्ले पत्रकार महासघका अध्यक्ष गणेश खनाल लगायतले मन्तब्य राख्दै सहकारीको उल्लेखनीय र रचनात्मक सामाजिक क्षेत्रमा काम गरेको बताएका थिए ।

कार्यक्रम सहकारीका सस्थाका अध्यक्ष माेतिराज शर्माको अध्यक्षता कर्मचारी प्रकाश चुदालीकाे सञ्चालनमा सम्पन्न भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

ट्रेन्डिङ

ताजा समाचार