७ बैशाख २०८२, आइतवार
७ बैशाख २०८२, आइतवार

अर्घाखाँचीमा जिप दुर्घटना दुईकाे मृत्यु

अर्घाखाँची । जिप दुर्घटना हुदाँ  दुई जनाकाे मृत्यु भएकाे छ । जिल्लाकाे मालारानी गाउँपालिका–३ ढुङ्गाडे स्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा आईतवार विहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मालारानी – ३ लुटीपोखरीबाट  मालारानी – ४ खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप अनियन्त्रित भई दुर्घटना भएकाे हाे ।  दुर्घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खनबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा ७ जना प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक दिलिप खनाल र बालकृष्ण रिजाललाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान ५:५५ बजे चिकित्सकले मृत घोषणा गरिएकाे प्रहरी निरिक्षक मरासिनीले जानकारी दिनुभयाे ।  अन्य दुई घाइतेलाई थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

ट्रेन्डिङ

ताजा समाचार