१ पुस २०८२, मंगलबार
१ पुस २०८२, मंगलबार

नेपाल निजामती कर्मचारी संगठनको ३५औं स्थापना दिवसको विरामीलाइ फलफुल वितरण

नेपाल निजामती कर्मचारी संगठनको ३५औं स्थापना दिवसको अवसरमा अर्घाखाँची अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ।

सन् १९९० को जनआन्दोलनपछि नेपालमा कर्मचारी संगठनको आवश्यकता बढ्दै गएकाे सन्दर्भमा वि.सं. २०४७ साल वैशाख ७ गते काठमाडौंको बबरमहलस्थित टेनिस कोर्टमा नेपाल निजामती कर्मचारी संगठनको स्थापना भएको हो। तत्पश्चात् असार ११ गते सरकारको निर्णय र असार १७ गतेको सूचना अनुसार संगठन स्थापनासम्बन्धी कार्यदल गठन गरिएको थियो।

वि.सं. २०४७ भाद्र २९ र ३० गते कीर्तिपुर, काठमाडौंमा प्रथम भेला सम्पन्न गरिएको थियो भने कार्तिक १९ मा संगठनले वैधानिक मान्यता प्राप्त गरेको हो।

अर्घाखाँची अस्पतालमा आयोजित कार्यक्रममार्फत स्थापना दिवसको स्मरण गर्दै बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो। अस्पताल प्रमुख डा. जगनाथ तिवारीले संगठनप्रति आभार व्यक्त गर्दै सफलताको शुभकामना दिए।

कार्यक्रममा संगठनका केन्द्रीय सदस्य गणेश भण्डारीले संगठनले विभिन्न आरोह–अवरोह पार गर्दै आफ्नो अस्तित्व र अधिकारको रक्षा गर्दै आएको उल्लेख गरे।

वि.सं. २०४७ फाल्गुण १७ मा विभाजनको प्रयास विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको थियो भने २०५१ फाल्गुण ३० मा प्रतिस्पर्धी संघको गठन वैधानिक प्रक्रियाविना भएको ठहर सर्वोच्चले गरेको थियो।

त्यसपछि वि.सं. २०५८ श्रावण ३२ मा सर्वोच्च अदालतकोl पूर्ण इजलासले नेपाल निजामती कर्मचारी संगठनलाई एक मात्र वैधानिक संगठनको मान्यता दिएको थियो।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालले यस्ता रचनात्मक कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश प्रवाह भएको बताउँदै धन्यवाद व्यक्त गरे।

जिल्ला अध्यक्ष पशुति खनालको नेतृत्वमा केन्द्र, प्रदेश र जिल्ला तहका पदाधिकारीहरू अस्पताल पुगेका थिए। संगठनका सचिव रामु पौडेलका अनुसार शुभकामना आदान–प्रदानसहित बिरामीको अवस्थाबारे जानकारी लिइएको थियो।

नेपाल निजामती कर्मचारी संगठनले १९९८ नोभेम्बर ५ मा ट्रेड युनियन इन्टरनेशनल पब्लिक एन्ड अलाइड (TUI) को सदस्यता प्राप्त गर्नुका साथै वि.सं. २०५१ मा पेसागत महासंघ नेपालको सदस्य पनि बनेको थियो।

वि.सं. २०६४ पौष १८ मा निजामती क्षेत्रमा राष्ट्रियस्तरमा पहिलो ट्रेड युनियनको रूपमा दर्ता भएको संगठनले वि.सं. २०७३ जेठ १९ गते भएको आधिकारिक ट्रेड युनियन निर्वाचनमा प्रथम स्थान प्राप्त गर्दै ऐतिहासिक सफलता हासिल गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार