१ पुस २०८२, मंगलबार
१ पुस २०८२, मंगलबार

राष्ट्रपती महिला उत्थान जिविकोपर्जन सुधार तालिम

छत्रदेव गाउँपालिकाको आर्थिक सहयोग र प्रकृति चन्द्रमा प्रतिष्ठानको आयोजनामा राष्ट्रपती महिला उत्थान जिविकोपर्जन सुधार कार्यक्रम महिलाहरुको जिविकोपार्जनको लागि तरकारी खेती व्यावसायी तालिमकाे आज उढ्घाटन गरिएकाे छ ।

टेवा पुँजि विउ पुँजि अनुदान कार्यक्रम वडा नं. ३,४,५ र ६ का उद्यमी महिलाहरुलाई पाँच दिने तालिमको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले उढ्घाटन गर्नुभएकाे थियाे ।
छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले महिला लगायत लक्षित वर्गलाई छनोट गरि तालिमको क्षमता विकास मार्फत उद्यमसिलता गर्नका लागि अनुदान रकम वितरण गरिएको बताउनुभयो ।


कार्यक्रममा उपाध्यक्ष मनि पन्थिले तालिमबाट कृषि क्षेत्रमा थप काम गर्न टेवा पुग्ने बताउनुभयो ।
गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राजन पाण्डेले तालिमलाइ व्यवहारमा लागू गर्न आग्रह गर्नुभयाे ।


प्रतिष्ठानका अध्यक्ष रोमलाल खनालको अध्यक्षतामा ,छत्रदेव गाउँपालिका वडा नं. ४ का वडा सचिव भास्कर आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा कृषि ज्ञान केन्द्र अर्घाखाँचीमा कार्यरत कृषि प्राविधिक प्रशिक्षक अमृता खनालले सहजिकरण गर्नुभएकाे थियाे ।


छत्रदेव गाउँपालिका वडा नं. ४ को सभाहलमा सम्पन्न कार्यक्रममा छत्रदेव गाउँपालिका वडा नं. ३ का अध्यक्ष तेज प्रसाद खनाल, वडा नं. ४ का वडा अध्यक्ष भिमलाल खनाल, वडा नं. ५ का वडा अध्यक्ष श्बालकृष्ण पोख्रेल र वडा नं. ६ का वडा अध्यक्ष कमल पौडेलको उपस्थिति रहेकाे थियाे ।


प्रकृति चन्द्रमा प्रतिष्ठानले विगत केहि समय अगाडी देखिनै नेपाल सरकारको संघ प्रदेश र स्थानिय निकायहरु संग लक्षित समुदायको विकाशका लागि सामाजिक परिचालन , क्षमता विकास, आयआर्जन, जिवीकोपार्जन र भौतिक पुर्वाधार निर्मणका क्षेत्रमा कार्य गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार