गणेश खनाल अर्घाखाँची । मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिका पुर्णखोप सुनिश्चितता लागि तयार भएका छन् । जिल्ला अनुगमन समितिले गरेको अनुगमनका क्रममा दुइ पालिकाले सुनिश्चिताको आधार देखाएपछि समितिले बैठक मार्फत घोषणको लागि अनुमति दिने तयारि भएको छ ।

अनुगमनको क्रममा जिल्ला समन्वय समिति प्रमुख जिवनारायण कोइरालाले अर्घाखाँची जिल्लालाइ असारको पहिलो घोषण गर्ने गरि काम भइरहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले खोप लिनबाट लक्षित समुह कुनै बाहाना छुट्न नहुने बताउनुभयो ।

मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भटराइ,उपाध्यक्ष दिपा प्रोखरेल,प्रमुख प्रशासकीय अधिकृत गोविन्द प्रसाद भटराइ,स्वास्थ्य शाखा प्रमुख भविश्वर खनाल,यस्तै छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ,प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डे,स्वास्थ्य शाखा प्रमुख बुद्विराम न्यौपाने,वाड अध्यक्ष बालकृष्ण प्रोखरेलले आफनो गाउँपालिका भएका कामबारे स्षष्ट पार्नुभएको थियो ।

अनुगमनमा नेपाल पत्रकार महाँसघ अध्यक्ष गणेश खनाल,स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद प्रोखरेल,सुपरफाईजर सुदनराज गौतम,उमा बजान्डे लगायतका हुनुहन्थ्यो ।मालारानी गाउँपालिका १३२९ र छत्रदेव गाउँपालिकामा १२१८ मा खोप सुनिश्चितता रहेको जनाएको छ ।











