अर्घाखाँची । सडक डिभिजन शिवपुर र सिचाइ कार्यलयबाट भएका आर्थिक वर्षमा भएका विकास योजनाको अनुगमन गरिएको छ ।

सन्धिखर्क नगरपालिका र शितगगा नगरपालिकामा रहेका योजनाको आज अनुगमन गरिएको हो ।
जिल्ला समन्वय प्रमुख अनुगमन समितिका संयोजक जिवनारायण कोइरालाले जिल्लामा रहेका विकास कार्यालयहरू एक आपसमा समन्वय गरि काम गर्दा सहजता हुने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले गुणस्त्तरहिन काम गरे कसैलाइ नछाडने बताउनुभयो । क्वालिटिमा कुनै कमि हुन नदिन सम्बन्धीत कार्यलयले अनुगमन र रेखदेखमा विशेश ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।

अनुगमनमाजिल्ला समन्वय समिती प्रमुख जिवनारायण कोईराला, प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल, प्राविधिक रामजि भट्टराई, सिवपुर सडक डिभिजन प्रमुख सबिन कोईराला, ईलाका प्रहरी कार्यालय ठाडाका प्रमुख (ईन्स्पेक्टर) दिपक सिंह बिष्ट, नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश खनाल, नेपाल पत्रकार महासंघका सचिव लक्ष्मण घिमिरे, शितगंगा नगरपालिका वडा नम्बर-२ का अध्यक्ष राम बहादुर गोर्खा क्षेत्री, उपभोक्ता समितिका पदाधिकारी, लाभान्वित नागरिक लगायतको सहभागितामा योजनाहरुको अनुगमन भएको हो ।













