पाणिनि बहुमुखी क्याम्पसमा छात्राबृत्ति वितरण

सन्धिखर्क नगरपालिका वडा नम्बर ५ को आर्थिक सहयोगमा वडा नम्बर ५ बाट पाणिनी बहुमुखी क्याम्पसमा पढ्ने सम्पूर्ण छात्र छात्राहरूलाई आज छात्रावृत्ति वितरण गरिएको छ । 

वडाबाट विनियोजित रकमबाट छात्रावृद्धि वितरण गर्दै वडाध्यक्ष ऋषभ अधिकारीले आर्थिक अभावका कारण उच्च शिक्षाबाट पढाइका लागि छोरीबुहारी र कसैका पनि छोराछोरी पढाइबाट वञ्चित नहुन् भन्ने उद्देश्यले प्रत्येक वर्ष छात्रावृत्ति वितरण गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा पाणिनी बहुमुखी क्याम्पसका प्रमुख बुद्धिराम भुसालले वडाले छात्रवृत्ति वितरण गरेर विद्यार्थीहरुलाई आफ्नो पठनपाठनलाइ अगाडि बढाउन ठूलो राहत भएको बताउनुभयो । यस्तो छात्रवृत्ति वितरण कार्यक्रम सन्धिखर्क नगरपालिकाका अन्य ११ वटा वडाले पनि अनुसरण गर्न जरुरी रहेको बताउनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष रुद्रमणि भुसाल, वडा सदस्य कृष्ण भुसाल, लगायतका वक्ताले मन्तव्य राख्नुभएको थियो। 

छात्रा वृद्धि वितरण कार्यक्रममा क्याम्पसका प्राध्यापक सँगै विद्यार्थी जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो। वडाले यस वर्ष झन्डै २५ जना विद्यार्थीहरूलाई छात्रावृत्ति वितरण गरेको वडा सचिव कुलदीप पोख्रेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार