भुमिकास्थानमा लक्ष्य भन्दा राजस्व संकलन

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले पछिल्लो १ बर्षमा लक्ष्यभन्दा १२ लाख  बढि राजश्व संकलन गर्न सफल भएको छ । गत आ.ब.मा ८२ लाख आन्तरिक आम्दानी उठाउने लक्ष्य लिएको भूमिकास्थानले ९४ लाख १७ हजार राजश्व संकलन गर्न सफल भएको हो ।
आर्थिक बर्ष २०८१÷०८२ मा पालिकाबाट भएका विकास निर्माण र सेवाप्रवाह सम्वन्धि समिक्षा गर्न शुक्रबार आयोजित कार्यक्रममा भूमिकास्थानले यस्तो तथ्य सार्वजनिक गरेको हो ।


भूमिकास्थानले गत आर्थिक बर्षमा विनियोजित ८६ करोड ८८ लाख ४७ हजारको बजेटबाट १ सय ८२ वटा योजना सहित ४ सय १३ वटा कार्यक्रम सम्पादन गरिएको योजनाशाखा प्रमुख हरिश्चन्द्र भुसालले बताउनुभएको छ ।
भूमिकास्थानले गत बर्ष समग्रमा ९५ प्रतिशत भौतिक र ८९ दशमलव १४ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको प्रमुख प्रशासकिय अधिकृत जग्दीशचन्द्र नेपालीको भनाई छ । भूमिकास्थानमा अहिलेसम्म ४५ किलोमिटर सडक कालोपत्रे भएको छ ।
आर्थिक बर्ष २०८१÷०८२ मा ३ किलोमिटर सडक कालोपत्रे हुनु, ५ दशमलव ५ कि.मि.सडक ग्राभेल हुनु, प्रत्येक वडाका एक÷एक गरि १० वटा मूख्य सडक स्तरवृद्धि हुनु, खानेपानी सहित अन्य पूर्वाधार विकासमा गति बढाउनु र ५ सय ३४ घरमा खरको छानो हटाएर जस्तापाताको छानो लगाई खरको छानोमूक्त पालिका
उन्मुख हुनुलाई भूमिकास्थानले भौतिक प्रगति मानेको छ ।
भूमिकास्थान नगरपालिकाको गौरवको योजना अन्तरगत कर्मशिल जनशक्ति परिचालन कार्यक्रम मार्फत २ सय ९ जनाले ६ हजार ४ सय ७६ दिन काम गर्नु, बाँझो जग्गा खेतीयोग्य जमिनमा परिणत हुनु, भूमिकास्थानमा उत्पादित बस्तु बजारीकरण मार्फत आन्तरिक आम्दानी बढ्नु जस्ता कार्यलाई प्रगतिको रुपमा लिएको नगरप्रमुख झविलाल थापाले बताउनुभयो ।


स्वास्थ्यशाखाको सक्रियता र समन्वयमा वडातहमा गरिएको बिशेषज्ञ स्वास्थ्य शिविर र अन्य घुम्तिी शिविरबाट लक्षित वर्गले स्वास्थ्य सेवाको पहुँच बढाएको, दिर्घरोगी, जेष्ठनागरिक, एकल महिला, अपाङ्गता भएकाहरुलाई लक्षित गरि गाउँघर क्लिनिक मार्फत सेवा प्रवाह गरिनु, स्वस्थ आहार र स्वस्थ बिहारको सहित सचेतनामुलक अभियान चलाउनुलाई भूमिकास्थानले अर्को सफलताको रुपमा लिएको छ ।


भूमिकास्थानमा सामुदायिक स्कुलमा शिक्षाको नतिजामा उल्लेख्य सुधार आएको देखिएको छ । गत बर्ष कक्षा ८ मा १८ प्रतिशतमा खुम्चिएको नतिजामा अहिले २९ प्रतिशत पुगेको र कक्षा १० मा २२ प्रतिशतमा सिमित रहेको नतिजामा अहिले ५५ प्रतिशत पुगेको भूमिकास्थानले दाबी गरेको छ ।
कृषितर्फ रैथाने बिउ र अन्न उत्पादन संगै व्यवसायिक कृषि तथा बजारीकरणमा वृद्धि भएको जस्ता कार्यलाई प्रगतिको रुपमा लिएको छ ।


योजनाशाखा प्रमुख हरिश्चन्द्र भुसालले बार्षिक प्रगति प्रतिवेदन
सार्वजनिक गर्नुभएको कार्यक्रममा नगरप्रमुख झविलाल थापा, उपप्रमुख बालकृषण बन्जाडे, प्रमुख प्रशासकिय अधिकृत जग्दीशचन्द्र नेपालीले समिक्षामा उठेका सवालको जवाफ दिंदै सिमित स्रोतमा अधिकतम मितव्ययिता अपनाएर काम गरि पालिकालाई नमुना बनाउन लागि परेको बताउनुभएको छ ।


सकरात्मक सोंच र कर्मयोगी हातले मात्रै नगरपालिकाको समृद्धि सम्भव हुने भन्दै उहाँहरुले जिल्लाकै नमुना पालिका बनाउने अभियानमा आफुहरु रहेको दाबी समेत गर्नुभएको छ ।कम्प्युटर अधिकृत शेषकान्त घिमिरे ओसनको संचालनमा सम्पन्न कार्यक्रममा
एमाले नेता प्रेमलाल भुसाल, पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेशखनाल, कार्यपालिका सदस्य ठाकुर सौराग, शिक्षक प्रतिनिधि विरेन्द्र पौडेल लगायतले बोल्नुभएको थियो ।


कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, राजनितिक दलका नेता, पत्रकार,शिक्षक, एकल महिला, जेष्ठनागरिक तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गणेश खनाल
लेखकको बारेमा

गणेश खनाल

खनाल पहिलो टाइम्स डट कम का प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार