२४ कार्तिक २०८२, सोमबार
२४ कार्तिक २०८२, सोमबार

स्वास्थ्य क्षेत्रमा लुम्विनी प्रदेशमा सुधार उन्मुख यात्रा

लुम्विनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले केहि आसा लाग्दा कामको थालनि गरेको छ । स्वास्थ्य क्षेत्र सुधारका लागि योजनाबद्ध रुपमा मन्त्रालय अगाडी बढिरहेको छ ।

पछिल्लो १ वर्षमा ३ हजार ८ सय ५१ जना जटिल रोग लागेका विरामीलाई आर्थिक सहायता उपलब्ध गराइएको छ । गरिब तथा विपन्न र जटिल रोग लागेका विरामीलाई सरकारले सहयोग उपलब्ध गराइ स्वास्थ्य उपचारमा टेवा दिइरहेको स्वास्थ्य मन्त्रि खेम सारूले जानाकारी दिनुभयो । जनतालाई सेवा सहज तरिकाले पाउने गरि मन्त्रालयले काम गरिरहेको छ । ३९ हजार १ सय ७५ जना जेष्ठ नागरिकलाई (८० वर्ष माथि) घरमै गएर स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

५२ हजार ४ सय ६५ जना सामुदायिक विद्यालयका किशोरीहरुको रक्त परीक्षणबाट ४१ प्रतिशत किशोरीमा रक्तअल्पता देखिएको र आइरन तथा फोलिक एसिड कार्यक्रमलाई पुनर्जागरण गरी आवश्यक औषधि उपचार गरिएको बताइएको छ । यसैगरी ७५ हजार ६ सय ३५ जना बालबालिकालाई पूर्ण खोप उपलब्ध गराइएको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार ६९ हजार २ सय ४३ जना गर्भवती महिलालाई संस्थागत प्रसूति सेवा उपलब्ध गराइएको भने २६ वटा स्थानीय तहलाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्थानीय तह घोषणा तथा निरन्तरता दिइएको छ । प्रदेश सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधार निर्माणमा महत्व दिँदै आएको छ ।

भीम अस्पताल भैरहवा, पृथ्वीचन्द्र अस्पताल परासी, रुकुम पूर्व अस्पताल, आयुर्वेद अस्पताल कपिलवस्तु, प्रहरी अस्पताल नेपालगंज, अर्घाखाँची अस्पताल परिसरमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आवास भवन, लुम्बिनी आयुर्वेद चिकित्सालय भवन गरी ७ वटा भवन निर्माण भएका छन् । प्रादेशिक सरुवा रोग अस्पताल शिवराज कपिलवस्तु, क्षयरोग उपचारकेन्द्र बाँके, प्रादेशिक आयुर्वेद चिकित्सालयको फार्मेसी भवन, राप्ती प्रादेशिक अस्पतालको तला थप, प्यूठान अस्पताल र स्वास्थ्य कार्यालय, बाँके आयुर्वेद स्वास्थ्य केन्द्र गरी ७ वटा भवनको निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको मन्त्रि सारुले जानकारी दिनुभयो ।

‘प्रदेश राजधानीमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन ५० शय्याको अस्पतालको संरचना स्वीकृत गरी प्रादेशिक भालुवाङ अस्पताल सञ्चालनमा ल्याइएको छ’, उनले भने, ‘राप्ती प्रादेशिक अस्पतालमा बेड संख्या थप गरि २ सय शय्याको बनाउन र थप विशेषज्ञ सेवासहित संचालन गर्न आवश्यक प्रक्रिया अन्तिम चरणमा पुर्याइएको छ ।’

जटिल रोग (क्यान्सर, मुटुको भल्भ फेर्न र मृगौला प्रत्यारोपण) जस्ता विरामीलाई जिल्लाबाट नै विशेष आर्थिक सुविधाको सिफारिश गर्ने व्यवस्था, लुम्बिनी प्रदेश मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना, २०८१–२०८६ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ ।

यस्तै, ८ जिल्लामा मृगौला डाइलाइसिस सेवा सुरुवात गरिएको छ । थप २ जिल्ला कपिलवस्तु र अर्घाखाँचीमा चालु आवमामा सञ्चालन गर्ने पूर्ण तयारी भएको स्वास्थ्य मन्त्रालयले बताएको छ । त्रिवर्षीय ‘महिला बालाबालिका तथा किशोरीहरुको स्वास्थ्य तथा पोषण सुधार कार्यक्रम सञ्चालन कार्यबिधि, २०८१’ तयार गरिएको छ भने रक्त परीक्षण, एक्स–रे तथा भिडियो एक्स–रे जस्ता सेवाको शुल्कमा सबै प्रदेश अन्तर्गतका स्वास्थ्य संस्थामा एकरुपता कायम गरिएको छ ।

नर्सिंङ कर्मचारीलाई ग्रामीण अल्ट्रासाउण्ड तालिम प्रदान गरी १६ थान मेसिन समेत वितरण (ग्रामिण क्षेत्रका गर्भवती महिलाहरुको जटिलता पत्ता लाग्ने) गरिएको छ । पूर्ण खोप सुनिश्चितता निर्देशिका, २०७१ ले निर्दिष्ट गरे अनुसार लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।

यस्तै, १३ वटा स्थानीय तहमा रोभिङ्ग नर्स नियुक्त (घरघरमै गई पोषण, मानसिक स्वास्थ्य लगायतका स्वास्थ्य सम्वन्धी सेवा तथा परामर्श) उपलब्ध गराइएको छ । तीन जिल्लामा परिवार स्वास्थ्य प्रोफाइल शुरुवात गरिएको छ । यसैगरी स्वास्थ्य मन्त्रालय र मातहतका निकायहरुमा रहेका सरकारी सवारी साधनहरुमा जीपीएस जडान गरी सवारी साधनको ट्रयाकिङ गर्न सुरुवात गरिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल निर्माणको कामको भौतिक प्रगती २७ प्रतिशत पुगेको छ । एक वर्षमा यतिधेरै प्रगती हुनु प्रदेश सरकारले उत्साहजनक धनेको छ । नेपालका समग्र सरकारी अस्पताल मध्ये उत्कृष्ट भौतिक पूर्वाधार सहितको अत्याधुनिक सेवाहरु सुलभ मूल्यमा उपलब्ध गराउने लक्ष्य प्रदेश सरकारको छ । साथै बुटवल, भैरहवा क्षेत्रलाई समग्र आर्थिक हवको रुपमा विकास गर्ने लक्ष्यलाई समेत यो परियोजनाले टेवा पुर्याउने विश्वास गरिएको छ । बुटवलमा सुविधासम्पन्न १२ तले १२ सय शय्या रहने यो अस्पतालको भवन ६ अर्ब १८ करोड बढीको लागतमा २०८५ साल पुससम्ममा निर्माण सम्पन्न गर्ने अघि बढेको मुख्यमन्त्री  चेतनारायण आचार्यले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार