लुम्विनि प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको एक वर्षमा सम्पादित कार्य तथा मुख्य उपलब्धी

लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले एक वर्षमा सम्पादित गरेका कार्य तथा मुख्य उपलब्धिहरू आइतवार सार्वजनिक गरेको छ ।

स्वास्थ्य मन्त्रि खेम बहादुर सारुले २०८१ साउन १८ गते स्वास्थ्यमन्त्रीको रुपमा पदभार ग्रहणपछी प्रदेशको समग्र स्वास्थ्य क्षेत्रको सुशासन, जवाफदेहिता, पारदर्शिता, गुणस्तरिय सेवा प्रवाहमा आधारित रहेर सम्पादन गरिने बार्षिक नीति तथा कार्यक्रम बजेटको साथै १५ बुँदे लमही घोषणा पत्र एवं ५५ बुँदे कार्यक्रमलाई मार्गदर्शनको रुपमा लिएर कार्य सम्पादन गरिएको पत्रकार सम्मेलनमा जानाकारी दिएको हो । मन्त्रि सारूआएपछि स्वास्थ्य क्षेत्रमा सुधारका प्रयास सुरू भएकोमा सरोकारवाला केहि हुनेमा आशावादी देखिएका छन् । केहि नयाँपन गर्नु पर्छ भन्ने हुटहुटी बोक्नुभएका मन्त्रिको कार्यशैलिबाट जनताहरू आशा जागेको पाइएको छ ।

बार्षिक नीति तथा कार्यक्रम, घोषणा पत्र एवं कार्यक्रमले परिलक्षित गरेअनुरुप २०८१/८२ मा स्वास्थ्य मन्त्रालयको ८६.५१ ५ वित्तिय प्रगति,१२०० शैयाको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल २०८१/०५/१५ मा शिलान्यास भई हाल २७ प्रतिशत भौतिक प्रगति तथा प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा अन्तरगत क्यान्सर, मुटुको भल्व फेर्ने र मृर्गौला प्रत्यारोपण उपचारको सिफारिस भालुवाङको सट्टा जिल्ला स्थित स्वास्थ्य कार्यालय मार्फत गर्ने व्यवस्थालाइ मुख्य उपलब्धिको रूपमा लिईएको छ ।

पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना मन्त्रीपरिषदबाट पारित गरि कार्यान्वयन भईरहेको,९ वटा विभिन्न नियमावली, निर्देशिका र कार्यविधि स्विकृती तथा परिमार्जन गरिएको स्वास्थ्य मन्त्रि सारूले बताउनुभयो ।कार्यालयहरुमा सुशासन कायम गर्न स्वास्थ्य मन्त्रालय र मातहतका निकायहरुका ४१ वटा सवारी साधनमा जिपिएस ट्रयाकिङ्ग गर्ने व्यवस्था,१३ स्थानीय तहमा २६ रोभिङ्ग नर्स नियूक्त गरि मानसिक स्वास्थ्य, पोषण तथा मातृमृत्यूदर न्यूनिकरण सम्बन्धी सेवा तथा परामर्श सञ्चालन गरिएको जनाईएको छ ।

प्रदेश सरकार अन्तर्गतका सबै अस्पतालहरुमा ५४ प्रकारका सेवा र शुल्कमा एकरुपता कायम गरिएको साथै सबै अस्पतालहरुले प्रदान गर्ने सेवा नागरिक वडापत्र र वेबसाईटमा सार्वजनिक गर्ने व्यवस्थाका अतिरित्त सरकारी चिकित्सक र स्वास्थ्यकर्मीले नीजि संस्थामा सरकारी कार्यालय समय बाहेक अनुमती लिएर मात्र सेवा गर्न र कार्यरत सरकारी संस्थाको नाम र पद प्रयोग गर्न बन्देज गरिएको जनाईएको छ । प्यूठान जिल्लामा स्वास्थ्य शिविर मार्फत ७६ जना महिलाको पाठेघरको (आङ खस्ने) निशुल्क शल्यक्रिया ,५० शैयाको भालुवाङ अस्पतालमा कर्मचारी नियूक्ति र सेवा सुभारम्भ गरिएको मन्त्रिको भनाइ रहेको छ । ४ वटा स्वास्थ्य संस्थाको भवन निर्माण सम्पन्न गरिएको ७ वटा निर्माणधिन अवस्थामा रहेकोमा स्वास्थ्य बिमाको औपचारिक क्षेत्रलाई समेट्ने नीति अनुरुप मन्त्रालय मातहतका २,०६४ कर्मचारी स्वास्थ्य बीमामा आवद्ध गरि सेवामा सहजता प्रदान गरिएको छ ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्ला पुर्ण खोप सुनिश्चितता तथा दिगोपना र ३० स्थानीय तह पुर्ण संस्थागत प्रसुति सेवायूक्त पालिका घोषणा यो आर्थिक वर्षमा भएका छन् । ३,८५१ बिरामीलाई विशेष आर्थिक सुविधा उपलब्ध, १,०४,४८९ जनाको नसर्ने रोग स्किृनिङ्ग, ३९,१७५ जना ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा पाएको तथ्याङमा उल्लेख गरिएको छ । ९ जिल्लामा मृगौला डाईलाईसिस सेवा सञ्चालन तथा सेवा सुदृढिकरण, ६९,२४३ जना गर्भवती महिलालाई संस्थागत प्रसूति सेवा उपलब्ध गराएको जनाईएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा १० वटा काउण्टरबाट अनलाईन टिकेटिङ्ग, डिजिटल भूक्तानी, अटोमेटिक रिपोर्ट डिस्प्याच सेवा, ९० शैयाको मेडिकल वार्ड विस्तार, ब्लड बैंक, प्रसूति सेवाको क्षमतामा बृद्वि गरिएको सार्वजनिक गरिएको प्रेश विज्ञप्तिमाI उल्लेख गरिएको छ ।

३ जिल्लामा फेमिली हेल्थ प्रोफाईल तयार गरिएको र आगामी आर्थिक वर्षमा  ४ वटा जिल्लामा विस्तार गरिने जनाएको छ ।महिला बालबालिका तथा किशोरीको स्वास्थ्य र पोषण सुधार कार्यक्रम सबै जिल्लामा लागू गरिएको,स्विकृत दरबन्दीका रिक्त रहेका प्राविधिक जनशक्ति करार सेवामा लिई सेवा विस्तार गरिएको,आयुर्वेद चिकित्सालय बिजौरीबाट स्वर्ण विन्दु प्राशन सेवा प्रदान तथा क्यए तयार गरि प्रदेशका सबै जिल्लामा विस्तार गरिएको मन्त्रि सारूले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गणेश खनाल
लेखकको बारेमा

गणेश खनाल

खनाल पहिलो टाइम्स डट कम का प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार