२ चैत्र २०८२, सोमबार
२ चैत्र २०८२, सोमबार

७६ जिल्लालाइ एक पहाडि जिल्ला अर्घाखाँचीले दिएको सन्देश

जेनजीहरुको आन्दोलनको आवरणमा भदौ २३ र २४ गते भएको विध्वंसमा अन्य जिल्लामा जस्तो अर्घाखाँची जिल्लाले ठुलो क्षति ब्यहोर्न नपरे पनि अर्घाखाँचीमा केही अराजक र उद्दण्ड समूहले मच्चाएको आतङ्कले सर्वसाधारण आतङ्कित बनेका थिए।

नेकपा एमाले जिल्लाको नेतृत्व पङ्क्ति भदौको १८ गते देखि जिल्ला बाहिर थियो। जिल्लामा रहेका केन्द्रीय कमिटीका सदस्यहरू, जिल्ला कमिटीका अधिकांश पदाधिकारीहरू, नेकपा एमालेको महाधिवेशनका प्रतिनिधिहरू समेत ठुलो सङ्ख्यामा भदौ २०देखि २२ गते सम्मको पार्टीको दोस्रो विधान महाधिवेशनमा भाग लिन काठमाण्डौ गएका थियौँ।

ललितपुरको गोदावरी स्थित सनराईज हलमा चलेको विद्यान अधिवेशन २२ गते अबेर सम्म चलेको र २३ गते बिहान अर्घाखाँची काठमाण्डौ सम्पर्क कमिटीले विशेष भेला आयोजना गरेका कारण हामी त्यो कार्यक्रममा सहभागी हुने गरी २३ गते पनि काठमाण्डौ मै बसेका थियौँ।

भदौ २३ गते काठमाण्डौ सहित देशका विभिन्न ठाउँमा भएको प्रदर्शन दिउसो अचानक उत्तेजित बनेपछि २३ गते दिउसो काठमाण्डौ बाट जिल्ला फर्कने तयारीमा रहेकाहरू समेत उपत्यका बाट बाहिर निस्कने वातावरण बनेन।

काठमाण्डौमा रहेपनि जिल्लाको अवस्थाबारे अपडेट भइरहेको थियो। कतिपय साथीहरूले नेकपा एमालेका नेताहरूको घरमा आक्रमण गर्ने। पार्टी कार्यालयमा तोडफोड गर्ने सङ्केत पाएको सुनाउनु भएको थियो। सम्भावित घटनाबारे जिल्लाको सुरक्षा संयन्त्र र प्रमुख जिल्ला अधिकारी सँग कुराकानी भएको थियो। तर २४ गते अराजक समूहले नेकपा एमाले, नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, रास्वपा लगायतका पार्टी कार्यालयहरूमा तोडफोड र आगजनी गरेर खरानी बनायो। लुम्बिनी प्रदेशको मुख्यमन्त्री समेत रहनु भएका आदरणीय नेता चेतनारायण आचार्यको घर समेत निशानामा पर्‍यो।

कमरेड दिपा आचार्यले २६ वर्ष सम्म गरेको शिक्षण पेसाबाट कमाएर बनाएको घरमा आगजनी गरेर अराजक समूहले बहादुरी प्रदर्शन गरेको भन्दै उत्सव मनायो। मुख्यमन्त्री बनेदेखि नै विवादमा नपरेका कमरेड आचार्य कुनै दिन सरकारी रकमबाट होटेलमा बास समेत बस्नु भएन, दसैँमा टिका लगाउन आउँदा समेत निजी सवारी साधनमा आउनु भयो, पार्टीको काममा वा निजी काममा सरकारी सवारी साधन समेत प्रयोग गर्नु भएन। उद्दण्ड र उछ्रिंखल समूहले नेकपा एमालेकै नेता भएको नाममा वहाँकी धर्मपत्नीले २६ वर्ष सम्म बगाएको पसिना जलाएर खरानी बनाए।

भदौ २३ र २४ गतेको घटना पछि सर्वसाधारण आतङ्कित र त्रसित थिए। कतै चेतनारायण आचार्यको जस्तै हाम्रो पनि घर जलाउन त्यो समूह आउछकी भन्ने त्रासमा यहाँका व्यवसायीहरू थिए। त्यस बिचमा नेकपा एमाले अर्घाखाँचीले आफू जनताको पार्टी भएको आभास जनतालाई दिनुपर्छ भन्ने उद्देश्यले हामीले विभिन्न चरणमा घनिभूत छलफल गर्‍यौँ विभिन्न कमिटीका बैठकहरू जनसङ्गठन र सङ्गठन समन्वय समितिका बैठकहरू सम्पन्न गर्‍यौँ। हाम्रा सबै कमिटीहरूले पार्टी कार्यकर्ता र आम सर्वसाधारणमा देखिएको निराशालाई आशामा परिणत गर्न नेकपा एमाले जुरुक्क उठ्नु पर्छ भन्ने सुझाव दिए। त्यसकै बलमा हामीले कार्तिक १० गते विशाल प्रदर्शन गर्ने निष्कर्ष सहित कार्यक्रम तय गर्‍यौँ।

वास्तवमै हामीले तय गरेको कार्यक्रममा आम सर्वसाधारणको कुरै छोडौँ पार्टी कार्यकर्ता पनि आउदैनन भन्ने ढङ्गले कतिपय मान्छेहरू प्रस्तुत भएका थिए। तर जिम्मेवार राजनीतिक दलको एउटा महत्त्वपूर्ण जिल्ला कमिटीको हिसाबले पार्टी र पार्टीका नेताहरू अप्ठेरोमा पर्दा चुप लागेर बस्न मिलेन।

हामीले जिल्लाको सिङ्गो पार्टी कमिटी र जनसङ्गठनहरूलाई एकमना एकताका साथ उत्साहित गर्न सक्यौँ भने कार्यक्रममा आम नागरिकले स्वतःस्फूर्त सहभागी जनाउँछन्, नेकपा एमाले प्रति अर्घाखांचीबासीको अगाध माया र विश्वास छ भन्ने निष्कर्ष निकाल्यौँ। किनकि नेकपा एमालेको नेतृत्वमा जिल्लामा भएको विकास निर्माणको अगुवाइ, नेकपा एमाले सरकारको नेतृत्वमा रहँदा गरेका कामहरू सँग एमालेले लिएको राष्ट्र प्रतिको अडानले अर्घाखाँचीवासी एमाले प्रति विश्वस्त छन्। अझै रहनेछन् भन्ने विश्वासलाई शिरमा राखेर हामीले कार्यक्रमको योजना बनायौँ।

नभन्दै कार्तिक १० गते सदरमुकाम सन्धिखर्क मा जिल्लाका विभिन्न स्थानबाट सर्वसाधारण नागरिक समेत स्वतःस्फूर्त सहभागी भए। कार्तिक १० गते बिहानै देखि सदरमुकाम एमाले कार्यकर्ताहरूले खचाखच भरियो। कार्यक्रममा ८ हजार भन्दा बढी सर्वसाधारण नागरिक र पार्टी कार्यकर्ताहरू कार्यक्रममा सहभागी भए। यसले अर्घाखाँची एमाले नेतृत्व र कार्यकर्तालाई मात्रै होइन देशभरको पार्टी कमिटीहरूलाई नयाँ सन्देश र ऊर्जा दियो। कार्यक्रममा सहभागी सबैलाई नेकपा एमालेको तर्फबाट हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछु।

यो कार्यक्रम पछि अन्य जिल्लाका साथीहरूले समेत फोन गरेर कार्यक्रमका बारे चासो लिनु भयो। यसले हामीलाई के लागेको छ भने कार्यक्रम पछि पछिल्लो समय निराश भएका कार्यकर्ताहरूमा उत्साह थपेको छ। प्रतिगामीहरू र लोकतान्त्रिक गणतन्त्रका बिरोधीहरु लाई परास्त गर्न पार्टी र कार्यकर्ता जुरुक्क उठ्न तयार छन् भन्ने सन्देश दिएको छ। समाजमा अराजकता सिर्जना गर्ने, पार्टी नेता र कार्यकर्ताहरु लाई अपमान गर्नेहरू पछाडि हच्किने वातावरण बनेको छ।

FB_IMG_1761560988291-1392x10441762103832.jpg

यति मात्रै होइन जेनजीहरु लाई उक्साउने र त्यसमा तर मार्न दाउ हेरेका हरुको सपना समेत चक्नाचुर भएको छ। विगतमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका केही समर्थकहरू २३ र २४ गते सक्रिय रही आतङ्क सिर्जना गर्न उद्धत देखिएका थिए अहिले उनीहरू जनता सामु मुख देखाउन नसक्ने भएका छन्। विगतमा जनविरोधी अनैतिक क्रियाकलाप, चन्दा असुली, गुण्डागर्दी र लुटपाटमा संलग्नहरू २३ र २४ गते सक्रिय रहेको देखिन्थ्यो उनीहरू अहिले जिल्लामा अनुहार छोपेर हिडनु पर्ने अवस्थामा छन्।

अहिले पनि कतिपयले स्वतन्त्र युवा समुहका नाममा जनप्रतिनिधीहरु लाई धम्की दिने काम गरि रहेका छन्। निर्माण व्यवसायी तथा उद्योगी ब्यवसायीहरु लाई स्वतन्त्र युवा समुहका नाममा चन्दा माग्ने काम भै रहेको छ। राज्य विहीनताको अवस्था छ। आम नागरिकले असुरक्षा महसुस गरेका छन्। हामीले ती ब्यवसायीहरुलाई हामी तपाईँहरूको साथमा छौँ भनेर आड भरोसा दिएका छौँ।

कार्तिक १० गतेको कार्यक्रममा देखिएको जनसहभागिताले पार्टी कार्यालय र निजी सम्पत्ति तोडफोड गरेर लुटेको पैसाले रेस्टुरेन्टमा बसेर पार्टीहरू सक्किए भन्दै उत्सव मनाउनेहरूलाई झापड हानेको छ। एमालेको लोकप्रियता अझै घटेको छैन भन्ने प्रमाणित भएको छ। भने जिल्लामा क्रियाशील अन्य दलहरूलाई समेत उत्साह थपेको छ।

एमालेले बिगतमा गरेका केही कमीकमजोरी र गल्तीलाई महशुस गरेर आगामी दिनमा गल्ती नदोहोर्याउने कमि कमजोरी नगर्ने प्रतिवद्धता जनाउने हो भने जनताले भरपर्दो शक्तिको रुपमा एमालेलाई नै हेरेका छन् भन्ने पुष्टि भएको छ।

रास्वपा र नेकपा माओवादी केन्द्रमा रहेर दोहोरो चरित्र देखाउने, देखिदा ती पार्टीमा देखिने तर भित्र भित्र अपराध र  अराजकता मच्चाउने काममा सम्लग्न हुने, आगजनी र तोडफोडमा सम्लग्न भएकाहरूमा अहिले ती अपराधबाट कसरी उम्कने भन्ने तनाव उत्पन्न भएको छ। हामीले उनीहरुको मुटुमा ढ्याङ्ग्रो ठोकेका छौं।

अर्घाखाँचीमा निजी सम्पत्ति जलाएको मुख्यमन्त्री चेतनारायण आचार्यको मात्रै हो यस्तो अवस्थामा पनि उहाँ सरकारको परिभाषित जिम्मेवारी सँगै पार्टीको गतिविधिमा सक्रिय रहनु भएको छ। उहाँकी धर्मपत्नी दिपा आचार्य अझ आत्मबल बढाएर हिडनु भएको छ, त्यसले पनि हामीलाई उत्साह दिएको छ। हामीलाई कार्यक्रममा पोलिटब्युरो सदस्य सुर्य थापा र मुख्यमन्त्री समेत रहनु भएका केन्द्रिय सदस्य चेतनारायण आचार्यको सम्वोधनले आत्मबल र बिश्वास जगाएको छ।

जेनजीका नाममा भएको आन्दोलनमा जेनजीको आवरणमा केही मान्छेहरुको योजनामा नेकपा एमालेको अर्घाखाँची जिल्ला पार्टी कार्यालय आगजनी गरेर ध्वस्त बनाइएको थियो। हामीले खरानीको धुलो टकटक्याएर उठेका छौँ। हिम्मतका साथ उठेका छौँ एमाले कहिल्यै ढल्दैन र ढाल्न सकिँदैन भन्ने सन्देश दिएका छौँ।
लेखक नेकपा एमाले अर्घाखांचीका अध्यक्ष हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • अचम्मित (50%)
  • दुःखी (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार