अनुमति बिना राखिएका जिपका छत हटाउन अभियान तीव्र

जिल्ला ट्राफिक कार्यालय अर्घाखाँची ले जिल्लाभर अनुमति बेगर जडान गरिएका जिपका छत (छट) हटाउने अभियानलाई तीव्र बनाएको छ। सवारी साधनको छतमा मनपरी रूपमा सामान राख्ने मात्रै होइन, यात्रुसमेत ओसारपसार गर्न थालिएपछि ट्राफिक प्रहरीले कडाइ सुरु गरेको हो।

जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीका प्रमुख लिलबहादुर कुवर का अनुसार नियमविपरीत राखिएका छतले दुर्घटनाको जोखिम बढाएको, साथै सवारी व्यवस्थापनमा समस्या सिर्जना गरेको भन्दै अभियान सञ्चालन गरिएको हो। उहाँले यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर जिल्लाभर निगरानी बढाइएको जानकारी दिनुभयो।

ट्राफिक प्रहरीका अनुसार हालसम्म ४० वटा जिपबाट अवैध रूपमा राखिएका छत हटाइसकिएको छ। आगामी दिनमा पनि नियम उल्लंघन गर्ने सवारी साधनमाथि कारबाहीलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।

प्रहरीले सवारी धनी तथा चालकलाई ट्राफिक नियम पालना गर्न, अनुमति बिना संरचना परिवर्तन नगर्न तथा सुरक्षित यात्रा सुनिश्चित गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गणेश खनाल
लेखकको बारेमा

गणेश खनाल

खनाल पहिलो टाइम्स डट कम का प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार