२६ वर्षमा पुटिनको २० चीन भ्रमण

विश्वका नेताहरूबीचको सम्बन्धलाई चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनको जस्तो व्यक्तिगत रूपमा विरलै मात्र चित्रण गर्ने गरिएको छ।

आखिर कसरी बन्यो यस्तो सम्बन्ध ? यसको रहस्य खोतल्न उनीहरूका मेहनतका धेरै लामो शृङ्खला पछ्याउनुपर्छ । यसबीचमा धेरै भ्रमण र अनौपचारिक कार्यक्रमहरूबाट मात्र होइन, सी र पुटिनले अनौपचारिक सहकार्यका लागि धेरै समय सँगै बिताएका छन् ।

सँगै भोड्का पिउने, बुलेट ट्रेनको यात्रा गर्ने, तालको किनारमा चिया पिउने र चिनियाँ ‘डमप्लिङ’ सँगै पकाउने जस्ता अनौपचारिक गतिविधिहरूले उनीहरूबीचको व्यक्तिगत विश्वासलाई थप बलियो बनाएको छ । वर्षौंदेखि, उनीहरूको सम्बन्ध शिखर सम्मेलन र राजकीय भ्रमणहरूले मात्र नभई खाना, जन्मदिन मनाउने, खेलकुद कार्यक्रमहरू, डुङ्गा सयर र तालको किनारमा चिया पिउने जस्ता अत्यन्त व्यक्तिगत संस्कारहरूको बढ्दो क्रियाकलापबाट पनि परिभाषित भएको छ।

सार्वजनिक रूपमा आफ्नो व्यक्तिगत जीवन वा भावनाहरूबारे विरलै प्रकट गर्ने सीले एकपटक पुटिनलाई आफ्नो ‘सबैभन्दा राम्रो र घनिष्ठ मित्र‘ भनेर अभिव्यक्ति दिएका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो बहुप्रतिक्षित चीन भ्रमण सम्पन्न गरेको एक हप्ता पनि नबित्दै, मंगलबार पुटिन दुई दिने राजकीय भ्रमणका लागि बेइजिङ आइपुग्दा होसियारीपूर्वक हुर्काइएको उनीहरूको मित्रता फेरि चर्चामा आएको छ। मे ७२००० मा भ्लादिमिर पुटिनले पहिलो पटक रुसको राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेदेखि उनले २० भन्दा बढी पटक चीनको भ्रमण गरिसकेका छन्।

बढ्दो भू-राजनीतिक अनिश्चितताको घडीमा फेरि उनको चीन भ्रमणको नयाँ शृङ्खला सुरु भएको छ । बेइजिङमस्को र वासिङ्टनबीचको सम्बन्ध झन् जटिल बन्दै गएको छजबकी इरानमा चलिरहेको अमेरिका-इजरायल युद्ध अन्त्य गर्ने वार्ता रोकिएको छ र युक्रेनमा रुसको सङ्घर्ष लम्बिरहेको छ।

यावत चुनौतीका पृष्ठभूमिमा दुवै देशलाई सम्बन्धका हातहरू थप बलियोगरी समाउनुपर्ने बाध्यता त छँदैछ, साथमा उनीहरूका व्यक्तिगत तहमा विकास भएका मित्रताले यसलाई सजिलो बनाइरहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार, यी दुई नेताबीचको मित्रता औपचारिक बैठकहरूमा मात्र सीमित छैन। सी जिनपिङले पुटिनलाई आफ्नो ‘सबैभन्दा राम्रो र घनिष्ठ मित्र’ भनेर सम्बोधन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार