गड्यौला मलले बढायो उत्पादन, किसानको आम्दानी दोब्बर

सन्धिखर्क नगरपालिका–७ खाँचीकोटका युवा कृषक मधु केसीले डेढ दशकभन्दा बढी समयदेखि व्यावसायिक कृषि उद्यम गर्दै आउनु भएको छ । एक समय गाईभैंसीको गोबरमल र रासायनिक मल प्रयोग गरेर खेती गर्ने केसी अहिले पूर्ण रूपमा गड्यौला मलमा निर्भर हुनुहन्छ । गड्यौला मलको प्रयोगले उत्पादन र आम्दानी दुवै उल्लेख्य रूपमा बढेको छ ।
“गड्यौला मल प्रयोग गर्न थालेपछि तरकारीको उत्पादन झण्डै दोब्बर भएको छ,” केसी भन्नुभयो, “गोबरमल भन्दा गड्यौला मलले बिरुवा स्वस्थ बनाउने, राम्रोसँग हुर्काउने र बढी फल दिने गर्छ।”
उहाँले १५ रोपनीभन्दा बढी क्षेत्रफलमा तरकारी खेती गरिरहनुभएको छ । प्लास्टिक टनेलभित्र र बाहिर वर्षभरि तरकारी उत्पादन हुन्छ । गोबरमल प्रयोग गर्दा चार–पाँच किलो फल्ने गोलभेडाको बोटले गड्यौला मल प्रयोग गरेपछि सात किलोसम्म उत्पादन दिएको केसीले बताउनुभयो ।
केसीको गोठमा सात वटा दुहुना गाई छन् । दैनिक ५० लिटरभन्दा बढी दूध बिक्री हुने गरेको छ । गत वर्ष मात्रै ६० क्विन्टल गड्यौला मल बिक्री गर्नुभएको जनाईएको छ । प्रतिकिलो ३० रुपैयाँका दरले बिक्री हुने उक्त मल कौसी खेती गर्ने, तरकारी तथा फलफूल उत्पादक किसानहरू घरमै आएर लग्ने गरेका छन् ।
तरकारी, दूध तथा अन्य कृषि उत्पादन बिक्रीबाट वार्षिक १५ लाख रुपैयाँभन्दा बढी कारोबार गर्दै आउनु भएका केसीले गड्यौला मलले उत्पादन बढाएपछि आम्दानी पनि बढेको प्रतिक्रिया दिनुभयो ।
सन्धिखर्क नगरपालिका अर्घा–९ का बावुराम पाण्डेले पनि पछिल्ला दुई वर्षदेखि गड्यौला मल प्रयोग गर्दैै आएको बताउनुभयो । १६ वर्षदेखि व्यावसायिक तरकारी खेतीमा गर्दै आउनुभएका पाण्डेले ६० रोपनी क्षेत्रफलमा तरकारी उत्पादन गर्दै आउनु भएको छ । “सामान्य गोठेमलभन्दा गड्यौला मल प्रयोग गर्दा उत्पादन झण्डै दोब्बर बृद्धि भएका” उहाँले बताउनुभयो । खेतमा काक्रो,बन्दागोभी, ब्रोकाउली, लौका र घिरौंला प्रशस्त उत्पादन भइरहेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यालयका प्रमुख विष्णुबहादुर मग्राती प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको बताउनुभयो । सीमित जग्गामा बढी उत्पादन लिन गड्यौला मल प्रभावकारी विकल्पको रुपमा रहेको मग्रातीको भनाई रहेको छ ।
भूमिकास्थान नगरपालिका धारापानी–४ का भेषबहादुर नेपालीले पनि गड्यौला मल प्रयोग गरेर तरकारी खेती गर्दै आउनु भएको छ । कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले गड्यौला मलले माटोको गुणस्तर सुधार्नुका साथै दीर्घकालीन रूपमा माटोलाई स्वस्थ राख्न मद्दत गर्ने बताउनुभयो । “यो पूर्ण रूपमा प्राकृतिक मल हो,” घिमिरेले भन्नुभयो “गड्यौला मलले माटोमा अम्लीयपन बढ्न दिँदैन, जसले गर्दा माटोको उर्वराशक्ति कायम रहन्छ र उत्पादन पनि गुणस्तरीय हुन्छ।”
गड्यौला मलको प्रभावकारिता बढ्दै गएपछि जिल्लामा रहेका छ स्थानीय तहमा १२ वटा गड्यौला मल उत्पादन प्लान्ट स्थापना गर्ने प्रस्ताव लुम्बिनी प्रदेश सरकारको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा पेश गरिएको घिमिरेले जानकारी दिनुभयो । प्रत्येक पालिकामा दुई वटा नमूना प्लान्ट निर्माण गर्ने योजना रहेको छ ।
घरको भान्साबाट निस्कने जैविक फोहोर र गोठेमल प्रयोग गरेर सहजै गड्यौला मल उत्पादन गर्न सकिने भएकाले अर्गानिक कृषि प्रवद्र्धन तथा रासायनिक मलको विकल्पका रूपमा यसको प्रयोग विस्तार गर्न आवश्यक रहेको कृषि विज्ञहरूको भनाइ छ । गड्यौला मलले उत्पादन संगै किसानको आम्दानी र माटोको स्वास्थ्यसमेत सुधार्दै दिगो कृषि प्रणालीको आधार तयारमा सहयोग पु¥याएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार