नेपाल एसियन गेम्स पुरुष क्रिकेटमा छनोट

नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई नौ विकेटले हराएपछि नेपालले जापानमा आयोजना हुने आसन्न एसियन गेम्समा स्थान बनाएको हो ।

जितका लागि ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले ७.५ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । यसअघि पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ८४ रन बनाएको थियो ।

जितसँगै समूहबाट मलेसियाले पनि छनोट यात्रा तय गरेको छ । समूहमा लगातार दोस्रो हार खेपेको चीन छनोटबाट बाहिरिएको छ । अब समूहको अन्तिम खेलमा नेपाल र मलेसियाबिच बिहीबार प्रतिस्पर्धा हुने छ ।

नेपालले समूहको आफ्नो पहिलो खेलमा चीनलाई २२१ रनले हराएको थियो । समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र सिङ्गापुर रहेको छ । समूहका शीर्ष दुई टोली एसियन गेम्समा छनोट हुने प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार