राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला सभापतिमा सीता पराजुली निर्वाचित हुनुभएको छ ।
सदरमुकाम सन्धिखर्कमा सम्पन्न जिल्ला अधिवेशनले पराजुलीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो । सभापति पदका लागि भएको प्रतिस्पर्धामा पराजुलीले आफ्ना निकटतम प्रतिद्वन्द्वी दिनेश सुनारलाई १३ मतले पराजित गर्दै विजयी हुनुभएको हो ।

निर्वाचन परिणामअनुसार पराजुलीले ९१ मत प्राप्त गर्दा सुनारले ७८ मत प्राप्त गर्नुभयो भने अर्का सभापति उम्मेदवार महेन्द्र कुँवरले ३३ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी, उपसभापतिमा सहयोगी बिसी, सचिवमा चिरन पन्थी र सहसचिवमा लक्ष्मण भट्टराई निर्वाचित हुनुभईको निर्वाचन समितिका संयोजक प्रकाश बेल्वासेले जानकारी दिनुभयो ।
यस्तै, जिल्ला कार्यसमितिको सदस्यमा बाबुराम खड्का, बेदराज घिमिरे, चुरामणि ढुंगाना, पिताम्बर सेजवाल, रमा खनाल र सीता सुनार निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमितिले संगठन विस्तार, पार्टीको नीति तथा कार्यक्रमलाई जनस्तरसम्म पुर्याउने र जिल्लामा रास्वपाको गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।











