सन्धिखर्क नगरपालिका नगर उप प्रमुख मिश्रा आचार्य समाजमा जरो गाडेर बसेका हानिकारक परम्परा, रुढीवाद र लैङ्गिक हिंसा अन्त्य गर्न सरोकारवालाहरूबीच अन्तर सवाद कार्यक्रम निकै महत्त्वपूर्ण हुने बताउनु भएको छ सन्धिखर्क नगरपालिका महिला तथा बालबालिका जेष्ठ नागरिक शाखाले आयोजना गरेको कार्यक्रममा मन्तब्य राख्दै उप प्रमुख आचार्यले यस्तो बताउनुभएको हाे

उप प्रमुख आचार्य यस्ता कार्यक्रमहरूले स्थानीय स्तरमा रहेका हानिकारक परम्परा बिरूद्व चेतना फैलाउन, कानुनको कार्यान्वयनबारे छलफल गर्न र महिला सशक्तीकरणका समाजमा रहेका कुरितिलाई निराकरण गर्न महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभएको हाे
कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमाेद खनाल सामाजिक विकास समितिका सभापति तथा वडा न १२ का अध्यक्ष नारायण खड्का पत्रकार महासघका अध्यक्ष गणेश खनाल लगायतले मन्तब्य राख्दै समाजमा रहेका हानिकारक परम्परा बिरूदका कुरितिलाई निराकरण गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभएको थियोे कार्यक्रममा महिला शाखा प्रमुख बेलकुमारी परियारको स्वागत मन्तब्य र महिला निरिक्षक पुष्पा भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक तथा सुचना अधिकारी झलक प्रसाद शर्मा पत्रकार महासघ पुर्व केन्द्रीय सदस्य तथा महिला अधिकारकर्मी राधा नेपाली राष्ट्रिय दलित पत्रकार सघका लुम्बिनी प्रदेश सचिव अनिल नेपाली लगायतले प्रशीक्षण तथा सहजीकरण गदै कार्यक्रममा सहभागीलाई गुप बिभाजन छलफल गराई समाजमा रहेका हानिकारक परम्पराका समस्या समाधान उपाय कानुनी जटिलता समुदायको भुमिका लगायतका बारेमा अनुशिक्षण गनु भएको थियोे कार्यक्रममा विभिन्न सघसस्थाका प्रतिनिधि कार्यपालिका सदस्य वडा सदस्य अगुवा महिला लगायतको सहभागीता रहेको थियोे











