अर्घाखाँची । महिलाको आत्मसुरक्षा क्षमता अभिवृद्धि गर्नुका साथै कानुनी अधिकारबारे सचेतना फैलाउने उद्देश्यले महिला लक्षित आत्मरक्षा सिप तथा कानुनी सचेतना कार्यक्रम सन्धिखर्कमा सुरु भएको छ ।

संस्थाकी अध्यक्ष शुसिला वन्जाडेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रमम प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराई, शिक्षा शाखा प्रमुख मञ्जु आचार्य, प्रशिक्षक पवित्रा भट्टराई, प्रशिक्षक प्रेम आले, पत्रकार लक्ष्मी खनालले मन्तव्य राख्नुभएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले सशक्तीकरण, आत्मरक्षा सिपको आवश्यकता र कानुनी सचेतनाको महत्वबारे शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

कार्यक्रममा मिना भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो भने कमला भण्डारीले कार्यक्रम सञ्चालन गर्नुभएको जनाइएको छ।

कार्यक्रममार्फत महिलाहरूलाई आत्मरक्षाका व्यावहारिक सीप सिकाउनुका साथै कानुनी अधिकार, हिंसा न्यूनीकरण र न्यायमा पहुँचका विषयमा जानकारी प्रदान गरिने आयोजकले जनाएको छ। तालिम भोलि सम्म चल्ने छ । (लक्ष्मि खनाल)













