नेपाल राष्ट्रिय शिक्षक संगठन अर्घाखाँची को १७ औँ परिषद् सम्पन

लक्ष्मि खनाल
अर्घाखाँची ।

नेपाल राष्ट्रिय शिक्षक सगठन अर्घाखाँचीको १७ परिषद् सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न वक्ताहरूले शिक्षकको पेशागत विकास, सङ्गठनको सुदृढीकरण तथा प्रविधिमैत्री शिक्षण प्रणालीको आवश्यकतामाथि जोड दिएका थिए।


कार्यक्रममा शुभकामना मन्तव्य राख्दै राम प्रसाद ढकाल, भूपति बस्याल, नेत्र प्रसाद पोखरेल, जनक बस्याल तथा शोभाखर पन्थीले शिक्षकको पेशागत क्षमता अभिवृद्धि, शैक्षिक गुणस्तर सुधार र सङ्गठनलाई थप प्रभावकारी बनाउन सबै शिक्षक एकताबद्ध हुनुपर्ने धारणा व्यक्त गरे।


कार्यक्रमका प्रमुख अतिथि राम प्रसाद पोखरेलले वर्तमान समय सूचना प्रविधिको युग भएकाले अबका शिक्षक कृत्रिम बुद्धिमत्ता (AI) तथा आधुनिक प्रविधिसँग परिचित र दक्ष हुनुपर्ने बताए। उनले विगतमा शिक्षकका हक, हित तथा पेशागत अधिकारका लागि भएका धेरै उपलब्धिहरू नेपाल शिक्षक सङ्गठनको अगुवाइमा सम्भव भएको दाबी गर्दै आगामी दिनमा पनि शिक्षकका अधिकार र शैक्षिक सुधारका लागि सङ्गठन अझ सशक्त रूपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।


कार्यक्रममा अध्यक्ष सीता बन्जाडेले समग्र सांगठनिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। त्यसैगरी आर्थिक प्रतिवेदन सीता क्षेत्रिले तथा महिला विभागको प्रतिवेदन विष्णु अधिकारीले प्रस्तुत गर्दै आगामी कार्ययोजना र सङ्गठनका भावी कार्यक्रमबारे जानकारी गराएका थिए।


कार्यक्रममा रामबहादुर खड्काले सहभागीहरूलाई स्वागत गरेका थिए भने सञ्चालन कमल पछाइले गरेका थिए। कार्यक्रममा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले शिक्षण पेशालाई समयअनुकूल, प्रविधिमैत्री र गुणस्तरीय बनाउन सामूहिक रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार