गाउँमै पुगेर कानुनी सचेतना बाँड्दै अर्घाखाँची अदालत

नागरिकलाई कानुनी अधिकार, कर्तव्य तथा न्यायमा पहुँचबारे जानकारी गराउने उद्देश्यले अर्घाखाँची जिल्ला अदालत गाउँस्तरमै पुगेको छ । अदालत गाउँमै पुगेर सञ्चालन गरेको कानुनी सचेतना कार्यक्रममार्फत नागरिकलाई न्यायिक प्रक्रिया, कानुनी अधिकार, अदालतबाट प्राप्त हुने सेवा तथा कानुनको महत्वबारे जानकारी गराइएको हो ।

गाउँमै आयोजित यस्ता कार्यक्रमले अदालत र नागरिकबीचको दूरी घटाउनुका साथै न्यायिक सेवाप्रति जनविश्वास बढाउन सहयोग पुगेको सहभागीहरूले बताएका छन् । छत्रदेव गाउँपालिका–३ का वडा अध्यक्ष तेजुलाल खनालले गाउँमै आएर कानुनी सचेतना दिदाँ अदालत प्रति जनताको विश्वास झनै बढ्ने बताउनुभयो ।

जिल्ला अदालतका जिल्ला न्यायाधीश शिवलाल पाण्डेले गाउँमा पुगेर दैनिक जीवनमा आइपर्ने कानुनी समस्या, सामाजिक विवाद समाधान, घरेलु हिंसा, साइबर अपराध तथा नागरिकको दायित्वका विषयमा जानाकारी दिएको बताउनुभयो । अदालतले न्याय केवल इजलासमा सीमित नभई नागरिकको घरदैलोमै पुग्नुपर्ने मान्यताअनुसार यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । यसबाट कानुनी सचेतना अभिवृद्धि हुनुका साथै समाजमा न्याय, सुशासन र सामाजिक सद्भाव कायम गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ ।

छत्रदेव–३ को वडा कार्यलयमा भएको कार्यक्रममा सहभागि स्थानिय बल्कोटका केशव पन्थिले जनताको घरमा न्यायाधीश नै उपस्थिति भएर कानुनि विषयमा ज्ञान दिदाँ जनतामा अदालत प्रतिको विश्वास थप बढेको बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, समाजसेवी, महिला स्वास्थ्य स्वयंसेविका, युवा तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहदै आएको छ। छत्रदेव –३ बरबोटकी सिता खनालले यस्ता कार्यक्रमले कानुनी ज्ञान, मानसिक स्वास्थ्यप्रतिको सचेतना र सकारात्मक सोचको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो । जिल्लाका विभिन्न स्थानहरूमा समेत कानुनी सचेतना दिइदै आएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गणेश खनाल
लेखकको बारेमा

गणेश खनाल

खनाल पहिलो टाइम्स डट कम का प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार