२९ पुस २०८१, सोमवार
२९ पुस २०८१, सोमवार

गठबन्धन अर्घाखाँची लाई उम्मेदवार चयन गर्नै सकस

भिम बिश्वकर्मा,अर्घाखाँची ।

स्थानीय तहको चुनावका लागि एमालेको तल्लो कमिटीबाट उम्मेदवारको नाम सिफारिस हुन थालेको छ । कतिपय ठाउँमा सर्वसम्मत रुपमा नाम सिफारिस भएका छन् भने धेरै ठाउँमा आकाङ्क्षी सबैको नाम सिफारिस गरिएको छ ।

यसरी एमालेले उम्मेद्वार टुङ्गो लगाउदै गर्दा गठबन्धनलाई भने उम्मेद्वार चयनमा सकस परेको छ । स्थानीय चुनावमा गठबन्धन गरेर जाने सहमति भए पनि कहाँ कसरी तालमेल गर्ने भन्ने विषयमा गठबन्धन दलहरुबीच विवाद छ । गठबन्धनबाट पालिकामा कुन दलको को उम्मेदवार बन्ने भन्नेबारे विवाद छ ।

केन्द्रमा समेत गठबन्धन गर्ने वा नगर्ने भनेर निर्णय नहुदै गठबन्धन गर्ने निर्णय गरेको अर्घाखाँचीमा पनि एमालेले उम्मेद्वार सिफरिस गरिसक्दा समेत गठबन्धन अन्यौलमा परेको छ । पालिकाको भागबन्डा नमिल्दा अझै उम्मेद्वार तय हुन सकेका छैनन । गठबन्धनका सबै दलका उम्मेद्वारका आकांक्षी बढिरहेका छन तर दलिय भागबन्डा नमिल्दा उम्मेद्वार सम्बन्धि निर्णय हुन सकेको छैन ।

चुनाबको मिति नजिकिदै गर्दा गठबन्धनको बैठक बस्ने र बिना निष्कर्स सकिने भइरहेको छ । यसले गठबन्धनलाई नै असर गर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार