७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

नेकपा ( एकीकृत समाजवादी ) अर्घाखाँचीले प्रशिक्षण तथा पुष्पलाल स्मृति कार्यक्रम सम्पन्न

अर्घाखाँची ।

नेकपा ( एकीकृत समाजवादी ) अर्घाखाँचीले प्रशिक्षण तथा पुष्पलाल स्मृति कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवसको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) निकट पेसागत महासंघ, अर्घाखाँचीको प्रथम भेला , प्रशिक्षण तथा स्मृति कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।

पेसागत महासंघ, नेपाल लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष अनिलचन्द्र अधिकारीको अध्यक्षता, डि . एन . वेल्बासेको स्वागत मन्तव्य र एच . बि . चौहानको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा ( एकीकृत समाजवादी ) केन्द्रिय सदस्य एवम् पेसागत महासंघ , नेपालका केन्द्रिय सचिवालय सदस्य सीता ओझा र धरणिधर अधिकारी , पार्टी जिल्ला कमिटीका अध्यक्ष राम बहादुर चौहान , पार्टी प्रदेश कमिटीका सदस्य प्रदेश कमिटी सल्लाहकार परिषदका सदस्य पार्टी जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य पेशागत महासंघ केन्द्र तथा प्रदेशका नेता पेसागत महासंघ संग संबन्धित जिल्लाको विभिन्न पालिकाबाट उपस्थितले आ- आफ्ना गहन विचारहरु प्रस्तुत गरेका थिए ।

भेलाले बि . एच . गुरुङ्गको अध्यक्षतामा २५ सदस्यीय पेसागत महासंघ नेपाल , जिल्ला कमिटी , अर्घाखाँचीको गठन गरेको एकीकृत समाजवादी पार्टी जिल्ला अध्यक्ष राम बहादुर चौहानले जानकारी दिएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार