हरि कुँवर , अर्घाखाँची ।
नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी अर्घाखाँचीको दास्रो पूर्ण बैठक सन्धिखर्कमा सम्पन्न भएको छ ।
बैठकले जिल्ला कमिटी अध्यक्ष राम बहादुर चौहानको अध्यक्षतामा निर्वाचन केन्द्रित ५०१ मुल निर्वाचन परिचालन समिति विष्णुहरी भुसालको संयोजकत्वमा ३०१ निर्वाचन प्रचारप्रसार समिति गठन गरको नेकपा एसका मालारानी इन्चार्ज पिताम्बर भुसालले जानकारी दिए । कार्यक्रममा बाँगीका व्यवसायी तथा युवा नेता राम ब. बस्नेत माओवादी केन्द्र परित्याग गरि नेकपा एस प्रवेश गरेका थिए ।
बैठकमा नेकपा एसका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज पिताम्बर भुसाल, केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज यमुना भुसाल, प्रदेश कमिटी सदस्य सुनिता बेल्वासे, उपसचिव हृदय भुसाल, कुलदिप भुसाल, विष्णुहरी भुसाल लगायतको उपस्थिति रहेको थियो । उपाध्यक्ष सिद्धि प्रसाद भुसालको स्वागत मन्तव्य तथा सचिव युवराज पौडेलको संचालनमा बैठक सम्पन्न भएको थियो ।