प्रकाश प्युठानी , अर्घाखाँची ।
राष्ट्रिय युबा संघ नेपाल पाणिनी-७ को बिस्तारित बैठक तथा युथफोर्स गठन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अथिती नेकपा एमाले जिल्ला कमिटी सदस्य, पाणिनी गाउँ पालिका इन्चार्ज तथा आसन्न निर्वाचनमा पाणिनी गाउँ पालिकाबाट अध्यक्ष पदका उम्मेद्बार टेकराज न्यौपानेले गत निर्वाचनबाट निर्वाचित पालिका सरकारलाई ५ वर्षमा गरेका ५ वटा काम बताउन चुनौती दिनुभएको छ । एउटा वडाले गरेको काम सङ्ग पनि तुलना गर्न नसक्ने पालिकाको नेतृत्व परिवर्तन आवस्यक भएको बताउनु भएको छ । उहाँले आफ्नो भावी योजनामा पाणिनिको पर्यटन र युबा स्वरोजगार प्राथमिकमा रहेको उल्लेख गर्नुभएको छ ।
कार्यक्रमका प्रमुख अथिती समेत रहेका न्यौपानेले सम्पुर्ण पालिका बासिहरुलाइ एमालेका उमेदवारहरुलाइ बिजयी गराउनुहुन अनुरोध पनि गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै एमाले पाणिनी गाउँपालिका कमिटी अध्यक्ष तथा वडा न. ७ का वडा सदस्य पदका उमेदवार कमल प्रसाद घिमिरेले पाणिनी मै अड्गुरी नमुना भएको बताउनुभयो । घिमिरेले पालिकाका कतिपय गलत कार्यको प्रतिबाद गरेको, हरिहरको जग्गा जोगाउन एमाले सफल भएको भन्दै एमालेको जित नै पाणिनिको भविष्य भएको बताउनुभयो । अड्गुरिमा भएको उपल्ब्धी लिएर एमाले जनताको घरमा पुग्ने पनि घिमिरेले बताउनुभएको हो ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमाले पाणिनी गाउँ पालिका कमिटी सचिव, वडा न. ७का अध्यक्ष , सर्वाधिक जनप्रीय नेता गुनाखर अधिकारीले बितरणमुखी योजनाबाट बितेको ५ वर्ष बिताउदै गाउँपालिकाले समय ब्यतित गरेर वडाको बजेटबाट जति पनि कार्य हुन नसकेको भन्दै त्यसको जवाफ आगामी निर्वाचनबाट दिनुपर्ने बताउनु भएको छ । वडा र प्रदेशबाट धेरै दीर्घकालीन योजना समेत शुरु गर्न सफल भएको भन्दै , करिव ३७ किलोमिटर कच्ची सडक निर्माण गतिएको, काठका पोल बिस्तापित, खानेपानीको क्षेत्र लगायतमा धेरै महत्वपुर्ण काम गर्न सफल भएको बताउनुभयो । यस्तै अधिकारिले गाउँपालिकाको सहयोग शून्य भएर पनि अड्गुरिले ठूलो उपलब्धि हासिल गरेको भन्दै अबको ५ वर्ष पुर्वाधार बिकास नभै आर्थिक बिकासमा ध्यान केन्द्रित हुने बताउनु भएको हो ।
कार्यक्रममा १ दर्जन बढी काङ्ग्रेस कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको थियो । उहाँहरुले अड्गुरी र अन्य वडाको तुलना गरेर एमालेका जनप्रतिनिधिहरुको कामबाट आफुहरु प्रभावित भएको प्रतिक्रिया दिनुभएको थियो ।
- नेकपा एमाले जिल्ला कमिटी सदस्य झविन सुनाम, रास्टृय युबा संघ नेपाल जिल्ला कमिटी सदस्य किरण जि.सि. पाणिनी गाउँपालिका कमिटी अध्यक्ष वसन्त के.सि., सचिव कृष्ण भुसाल, युथ फोर्स नेपाल पालिका इन्चार्ज भरत पुन लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । राष्ट्रिय युबा संघ नेपाल पाणिनी-७ का अध्यक्ष शंकर न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव लक्ष्मण न्यौपानेले गर्नु भएको हो ।