२२ मंसिर २०८१, शनिबार
२२ मंसिर २०८१, शनिबार

अनेमसंघ मालारानीको अध्यक्षमा खनालमहिलाका अधिकार कार्यन्वयनमा फितलाे : सांसद रायमाझी

करिश्मा खनाल
अर्घाखाँची । अनेमसघ मालारानी गाउँपालिकाकाे अध्यक्षमा राधा खनाल चयन हुनुभएको छ । यस्तै समितिकाे उपाध्यक्षमा हरिमाया पाण्डे,सचिवमा केखनाल,सहसचिवमा भगवती बुढाथोकी ,काेषध्यक्षमा निर्मला मिश्र सहित २३ सदस्यीय नयाँ कार्य समिति निर्माण गरिएकाे छ ।
कार्यक्रममा मन्तव्य राख्दै अनेमसघ केन्द्रीय सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य विजुला रायमाझीले नेपालमा गणतन्त्र आएपनि सामाजिक रुपान्तरण हुन नसकेको बताउनुभयाे । संविधानमा महिलाका अधिकारका सवाल सुरक्षित भएपनि व्यवहारमा पुर्ण रूपमा कार्यन्वयन हुन नसक्नु दुखद रहेकाे बताउनुभयो ।
कार्यक्रम बाेल्ने बत्ताहरूले परिवर्तनकाे आन्दोलनमा महिलाहरूकाे बलियाे उपस्थिति रहदै आएकाे स्मरण गर्दै आन्दोलनबाट उपलब्ध उपलब्धिलाई कार्यन्वयनमा जाेड दिएका थिए । यसरी मन्तव्य राख्नेहरूमा नेकपा एमाले प्रदेश कमिटी सदस्य शालिकराम आर्चाय,केवि भुसाल, लगायतका हुनुहुन्थ्यो ।
कार्यक्रममा एमाले पुर्व प्रदेश कमिटी सदस्य दलबहादुर भट्टराई, प्राेखरेल,उपसचिव शम्भु प्राेखेल,अनेमसघ केन्द्रीय सदस्यहरू विष्णु आचार्य,मिश्रा आर्चाय,माया भुसाल,जिल्ला अध्यक्ष दिपा आर्चाय,नेकपा एमाले मालारानी गाउँपालिका ईन्चार्ज तिलक मिश्र लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।
अनेमसघ गाउँपालिका अध्यक्ष जुना घिमिरेकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार