२४ कार्तिक २०८२, सोमबार
२४ कार्तिक २०८२, सोमबार

दसैँ यात्रा सहज बनाउन राजमार्ग मर्मत गरिँदै

मीना कंडेल
कावासोती, असोज २९ गते ।
 स्तरोन्नति र निर्माणका लागि भत्काइएका व्यस्त राजमार्ग सवारी साधन सञ्चालनका लागि सहज हुने गरी मर्मत गरिने भएको छ । राष्ट्रिय गौरवको रूपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा गैँडाकोटदेखि दाउन्नेसम्मको सडक खण्डमा सवारी साधन सञ्चालन गर्न सहज हुने हिसाबले सडक मर्मत कार्य सुरु भइसकेको आयोजनाका पूर्वी खण्डका आयोजना व्यवस्थापक राकेश झाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले गैँडाकोटदेखि डण्डासम्म एक सिफ्ट र डण्डादेखि दाउन्ने अर्को सिफ्ट गरी दुई चरणमा मर्मत कार्य भइरहेको छ । भत्किएको पिच टाल्ने र खाल्डाखुल्डी पुर्ने काम भएको छ । दैनिक २५ देखि ३० भत्किएको ठाउँमा एक  गे्रडर, दुई जेसीवि, एक इमोल्सनप्याच र दुई ट्रिपरले सम्माउने गरिएको छ ।” गैँडाकोटदेखि वेल्डीयासम्म सकिएको छ भने कावासोती, दलदले डण्डा, चोरमारामा मर्मत गरिँदै छ र सबै ठाउँमा गरिने व्यवस्थापक झाले बताउनुभयो ।

पूर्व पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकको पूर्वी खण्डको अहिलेसम्म ४१ दशमलव ४२ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । गैँडाकोटदेखि दाउन्ने सम्मको ६४ दशमलव ४२ किलोमिटरको भौतिक प्रगति मात्रै ४१ दशमलव ४२ प्रतिशत पुगेको हो ।

“पूर्वी खण्डमा कामदार प्राविधिक गरेर दैनिक पाँच सय ३५ जनाले अहिले काम गरिरहेका छन् भने १३ वटा एक्स्काभेटर, सात ग्रेडर, ११ वटा लोडर, चार वटा क्रेन २८ ट्रिपर, १० पानी बोक्ने ट्याङ्की तथा पाँच कङ्क्रिट बोक्ने गाडीले नियमित काम गरिरहेका छन्”, उहाँले भन्नुभयो, “थप गरिएको समयमा काम सम्पन्न गर्ने गरी निर्माणलाई अगाडि बढाइएको छ ।”

आयोजनाले सडक कालोपत्रे गर्नेकामलाई समेत निरन्तरता दिएको आयोजना व्यवस्थापक झाले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म पूर्वी खण्डमा १६ किमी बाटो कालोपत्रे गरिएको छ । “नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखी भत्किएको बाटो मर्मत गर्ने कामलाई पनि अगाडि बढाइएको छ”, उहाँले भन्नुभयो, “गैँडाकोटबाट भत्किएको बाटो मर्मत गर्ने र खाल्डाखुल्डी पुर्ने कामलाई निरन्तरता दिइएको छ ।”

पूर्वी खण्डमा भएका साना पुलको काम सकिनुका साथै १२ ठुला पुलमध्ये ११ को सब स्ट्रक्चरको काम सकिएको सडक आयोजनाको पूर्वी खण्ड हेर्ने कार्यालयका सूचना अधिकारी एवम् इन्जिनियर धिरज ढकाले बताउनुभयो ।

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म एक सय १५ किलोमिटर सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । नवलपरासी बर्दघाट सुस्तापूर्वको गैँडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव ४२ किमी सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८ दशमलव ५८ किमीलाई खण्ड‘ख’ कायम गरी विस्तारको काम भइरहेको छ ।

सडक बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्ने पहाडमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैङ्क एडिबीको ऋण सहयोगमा कूल रु १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गको विस्तार सुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार