२९ पुस २०८१, सोमवार
२९ पुस २०८१, सोमवार

कोईला किन्न नसक्ने अवस्था भएपछि हेटौडा सिमेन्ट बन्द

मकवानपुर  : हेटौँडा सिमेन्ट उद्योगले आर्थिक संकटको कारणबाट समयमा कोइला खरिद गर्न नसक्दा उत्पादन बन्द गरेको छ। 

उद्योगमा मासिक तीन हजार ६०० मेट्रिक टन कोइला खपत हुन्छ। उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बडादशैँको बिदा हुनुअघिसम्म सो उद्योग सञ्चालनमा रहेको र त्यस अवधिमा तीन लाख बोरा सिमेन्ट उत्पादन भएको जानकारी दिए।

उनले आर्थिक संकटका कारण बाह्य मुलुकबाट कोइला खरिद गर्न नसक्दा सोमबारदेखि सिमेन्ट उत्पादन बन्द गरेको बताए। महाप्रबन्धक पाण्डेले आर्थिक संकटबारे संघीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री र सचिवलाई जानकारी गराएको र केही आर्थिक अनुदान उपलब्ध भएमा उद्योग पुनः सञ्चालनमा ल्याउने बताए।  

कूल तीन लाख बोरा सिमेन्ट काठमाडौंलगायतका विभिन्न शहरमा बिक्री वितरण तयारी गरिएको र यसको आम्दानी कोइला खरिद लगाइने उद्योगले जनाएको छ। 

चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले उत्पादन गर्न कठिनाइ भएको र उत्पादित सिमेन्ट सबै सहरमा बिक्री वितरण गर्न समस्या भएको जनाइएको छ  ।  कोइला खरिद गरी ल्याइएपछि मात्रै उद्योग पुनः सञ्चालनमा ल्याउन सकिने भएको उनले बताए। 

२०३३ मा लामसुरेमा स्थापित सो उद्योगले २०४३ साल मङ्सिर २६ गतेबाट व्यावसायिकरूपमा उत्पादन सुरुआत गरेको थियो।  उद्योगमा करिब ३९० कर्मचारी कार्यरत छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार