” युवा स्थानिय चुनावको नेतृत्वमा आउनुपर्छ “

काशिराम घिमिरे , अर्घाखाँची ।

आगामी बैशाख ३०गते स्थानीय चुनाव हुँदैछ।जस अन्तर्रगत स्थानिय चुनावको माहोल गाउँ बस्ती टोलहरुमा राजनितीतातिरहेको छ । राजनितिक पार्टिहरु आफ्ना चुनावी सभाहरु गर्दै गाउँ गाउँमा पुगेका छ्न ।आफ्ना चुनाबी एजेन्डा बारे टोल टोलमा आश्वासन बाँडिरहेका छ्न । अन्य चुनावमा जस्तै यो चुनावमापनी नेतृत्वमा युवा आबस्य देखिन्छ ।देशमासम्पुर्ण परिबर्तन हरु युवाबाट्नै भएको हुँदा सक्षम र एउटा परिबर्तनशिल युवालाइ नै यो चुनावमा नेतृत्व दिनुपर्छ ।युवासक्तिमा नयाँ एजेन्डा हरु काम गर्ने तागत समाज र समयअनुसार परिवर्तन गर्न सक्ने साहसहुने गर्दछ।

र युवालेनै समाजको हरेक कुरा बुझद्छ ।स्थानिय निकाय त झनै सम्पुर्ण गाउँघर बस्ती हरुमा टोल टोलमा बुझेको मान्छे हुनुपर्छ जनताका समस्याहरु के कस्ता छ्न के कस्ता काम हरु आबस्यक छ्न यी सम्पुर्ण कुराहरुको समस्यालाइ बुझेको ब्यक्ती चुनावमा आबस्यक छ जसले गर्दा सक्षम युवानै यसमा समाज बुझेको हुन्छ त्यसैले युवा समाजले खोजिरहेको छ।
देशमा सक्षम युवाहरु बेरोजगारीको कारणले गर्दा खाडी वा अन्य देशहरुमा काम गर्न पुगेका छ्न ।अध्यानसिल युवाहरु युरोप अमेरिका र अस्ट्रेलियाजस्ता देशहरुमा पुगिरहेका छ्न ।ती नेपाली सक्षम युवाहरुलाई बिदेश जानबाटकसरी रोक्न सकिन्छ।देशभित्रउधोग धन्दाको बिकास साथै गुणस्तरीय शैक्षिक सस्था र सिपमुलक शिक्षाकोब्यबस्था गरि युवाहरुलाइ रोजगारीको स्वदेशमा नै ग्यारेन्टी गर्न सक्नुपर्छ ।ग्रामीण बस्ती साथै बजारका बस्तिहरुमाखानेपानीको समस्या साथै उन्नत बिउमल र आधुनिक कृषिऔजारखेतिपातीको राम्रो ब्यबस्था हुनुपर्छ ।किसानले उत्पादन गरेका उत्पादित बस्तुहरु जनमाझमा वा सहरमा पुर्याउने ब्यबस्था उक्त ठाउँमा पुर्याउने ब्यबस्था गर्नुपर्छ।जुन सफल युवाले गर्न सक्छ।नेपाल कृषी प्रधानदेश भएतापनी बिगतका केही बर्षहरुमा कृषिखेतिमा कमि आएको छ कृषि प्रणाली लाई थप ब्यबस्थित र उत्पादन बढाउन स्थानीय स्थरबाट्नै सम्पुर्ण कृशकले खेतीपाती अनिवार्य गर्नु पर्छ।देसमा कृषि साथै हरेक क्षेत्रमा सक्षम हुनुपर्छ यो सबै युवाबाट संम्भब छ।

त्यसैले जुन पार्टी विशेष नभएर एउटा सक्षम र परिबर्तनशिल युवा आजको आबस्यक हो। जसमा जुन युवा जनपक्षीय र समाजमा नेतृत्व हाक्न सक्ने र परिबर्तन गर्न सक्ने हुन्छ उसलाइ नेतृत्वमा आउन दिनुपर्छ। जसले समाज र गाउँबस्ती हरु बुझेको हुन्छ। समस्या बुझेको हुन्छ ।आजकोपरिबर्तन शिल समाजमा के कस्तो आबस्यक छ र के कस्तो कठिनाइ छ उसले बुझेको हुन्छ ।युवाका इच्छा आकाङ्क्षा हरु र सपनाहरु गर्नसक्ने आट धेरै हुन्छ ।आफसमा मेलमिलाप गर्ने अन्य युवा र बुबा आमाहरुलाइ सेवा र आकर्षण गर्ने र आफ्ना एजेन्डा हरु तर्क सहित राख्ने र त्यसअनुसार लागुगर्ने आँट सक्षम युवामा हुन्छ जसअनुसार उक्त कुरामा जुन युवा सक्षम छ उसलाई नै यो चुनावमा लोकप्रिय मत प्राप्त हुन्छ । चुनावमा विभिन्न पार्टिबाट उठने युवा हरुमा पार्टिको एजेन्डा त एकातिर हुन्छ अर्कोतिर उसको लोकप्रियता काम गर्ने शैली व्यबहार सक्षममा र गुणस्तरीय सेवा काम गर्न सक्ने युवानै सफल युवानै बिजय हुनुपर्छ जसले समाज परिबर्तन गर्न सक्छ ।
चुनावमा शक्ति र आफ्नो नजिकको मान्छे भनि काखिच्याप्ने काम माथिल्लो नेतृत्व बाट नहोस र पैसाको धक्कु लगाएर जित्नेप्रयास र उम्मेद्बारी उठाउने परम्परा यो चुनावमा नहोस ।यदि त्यस्तो भएमा समाजलाइ धोका हुनेछ त्यस्तो ब्यक्तिले समाजमा परिबर्तन गर्न सक्दैन ।सफल सक्षम र उत्कृष्ट युवा उम्मेद्बारी र उक्त युवालाई बिजय गराउनु आजको आबस्यकता हो जसले बिकास निर्माण रोजगारी आधुनिक कृषि प्रणाली गुणस्तरीय र सिपमुलक शिक्षा साथै समाजको परिबर्तन र आबस्यक बारे बुझेको हुन्छ।

विभिन्न पार्टी विशेष त छ्दैछ पार्टिका एजेन्डा एकातिर छ्न र युवाका आफ्ना एजेन्डा हरु र काम गर्ने सैलीबारेमा विभिन्न दल विशेष युवाहरुमा नै पार्टिगत रुपमा स्वस्थ्य प्रतिस्पर्धा होस। आगामी स्थानिय चुनावमा सफल नेतृत्व चयन होस। यो आजको आबस्यकता हो ।हाम्रोलाइ होइन राम्रोलाइ यो चुनावमा बिजय गराउनु पर्छ। पैसा र सक्तिको भरमा एउटाको आडमा र गठबन्धन र एउटा कोटा प्रणालीमा चुनाव जित्ने होइन यो सक्षम र समाजले खोजेको नेतृत्वआजको आबस्यक छ ।स्थानिय चुनावको नेतृत्वबाट छानिएका उम्मेद्बारले नै राम्रो जनस्थरको बिकस गर्न सक्छ्न । जनताका सेवाहरु छिटो छरितो दिन सक्छ्न। जनपक्षीय काममा सफलता हासिल गर्न सक्छ्न। जसले गर्दा पार्टीको एजेन्डा र सफल युवाको एजेन्डा काम गर्न सक्ने र परिबर्तन गर्नु सक्ने जनपक्षीय सफल युवा नै नेतृत्वमा चुदनु आजको आबस्यक हो जसले परिवर्तन ल्याउन सक्छ।त्यसैले यो चुनावमा एउटा सफल टिम र सफल नेतृत्व छनौट गरौँ ।
देशमा छिटो परिवर्तन र बिकासको लागि सक्षम नेतृत्वकोआबस्यक छ ।
काशिराम घिमिरे
पाणिनी -४पटौटी अर्घाखाँची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार