गँड्यौलालाई भोट

नारायण खनाल ,मालारानी अर्घाखाँची ।

गीत – गँड्यौलालाई भोट

गौँथली र माहुरीहरुले गरौँ है अठोट
यसपालि त गँड्यौलालाई दिनुपर्छ भोट

माउखाने र स्यालहरुले लगाएछन् बाजी
हिंसा प्रेमी हुँडार पनि हुन खोज्यो काजी
राज गर्न कालो बाज आँसु झार्दै आउला
बिरालोले तरको निम्ति दिनहुँ नै धाउला

गौँथली ….

माकुरोले जाल थाप्छ चुनावको बेला
जिते उसले रेसम किरा हुन्छ साँच्चै हेला
सर्पहरु विष बोकी गाउँ गाउँमा गा छन्
छद्मी ब्वाँसा मत माग्न गाई बनी रा छन्

गौँथली …

जुँगे मुसो ढुकुटीमा पसी खाइ रा छ
भ्यागुतोले चोरको नाममा सजाय पाई रा छ
जगाएर मनको चेत जोगाउनु छ देश
गोही अनि हुँडारबाट बच्नु छ अशेष

गौँथली…….

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार